काठमाडौँ । भक्तपुरको सल्लाघारी केन्द्रबिन्दु भएर भूकम्पको परकम्प गएको छ।
अघि बिहान ७ बजेर ५ मिनेटमा सल्लाघारी केन्द्रबिन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ।
परकम्पको धक्का भक्तपुरसहित काठमाडौँ र ललितपुर आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो।
२०७२ सालको विनाशकारी भूकम्पको धक्का जान अहिलेसम्म छाडेको छैन्। यो भूकम्प पनि नयाँ नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको बताइएको छ।
यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
