काठमाडौँ । लोकप्रिय गीतकार अनिल खनालको मौलिक तीज गीत ‘छोरीको करिम’ बजारमा आएको छ। उक्त गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका आशा बिसीले सुमधुर आवाज भरेकी छन् ।
गीतका एरेन्जर चुमान काउछाले निर्देशन गरेको म्युजिक भिडियोमा आशा बिसी र केशव पाण्डेको अभिनय रहेको छ । उक्त गीत मञ्जरी क्रियशन यूट्युब च्यानल मार्फत आज (बिहीबार) मात्रै बजारमा आएको हो । भिडियो सम्पादन नारायण मगरले गरेका हुन्।
गीतकार खनालले नेपाली गाउँको परिवेशलाई टपक्क टिपेर शब्द तयार पारेका छन् । गीतमा “घिन्ताङ घिन्ताङ मादल बज्यो सारङ्गी झैँ मन रेटी नाँचे बरिलै । ए आमा… यो तीजमा माइत आउन पाइन । अर्को साल आउँला नि बाँचे बरिलै ।” जस्ता शब्दहरु समाहित छन् ।
समसामयिक विषयवस्तुमा तयार पारिएको गीतको म्युजिक भिडियोमा विवाह गरेर घरमा गएकी चेली बर्षाको समयमा माइत आउन नसकेको भन्दै तीजमा आमासँग अर्को सालमा आउने बिलौना गरिरहेकी छन् ।
लाइभ दोहोरी गीत मार्फत उदायकी गायिका विसी पछिल्लो समय यूट्युव च्यानल र सामाजिक सञ्जालमा भाइरल छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
