टेलिकम वर्कर्स युनियनद्वारा अभिभावकबिहिन ४७ बालबालिकालाई स्वास्थ्य सामाग्री र नगद वितरण

काठमाडौँ । नेपाल टेलिकम वर्कर्स युनियनको ३० औं बार्षिकोत्सव तथा ४० औँ विपी स्मृति दिवसको उपलक्ष्यमा (एनटिसीडब्लुयू) प्रादेशिक समिति बागमती प्रदेश, काठमाडौंले एकीकृत सिर्जनशिल समाज, नेपाल, शुभकामना चोकमा बस्दै आएका विभिन्न कारणले अभिभावक गुमाउन पुगेका करिब ४७ जना भाईबहिनीहरूलाई पचास हजारको स्वास्थ्य सामाग्री र तीस हजारको चेक हस्तान्तरण गरेको हो ।

सामाजिक उतरदायित्व र समाजप्रतिको ट्रेड यूनियनको मानविय जिम्मेवारीलाई समेत ध्यान दिँदै विगतका वर्षमा झौँ यस वर्ष पनि यूनियनले यस्ता सामाजिक कार्य गरेको र आगामी दिनमा पनि निरन्तर गर्ने प्रादेशिक समिति, बागमती प्रदेश अध्यक्ष अचुत ओझाले नयाँ पुस्तालाई जानकारी दिए।

Advertisement

कार्यक्रममा प्रमूख अतिथि नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं. ६ का सभापति श्यामकृष्ण खड्कीले विपीको समाजवाद र सपना तबमात्र पूरा हुन सक्छ जब यी अबोध बालबालिका जस्को अभिभावक छैन तर पनि समाजका सहयोगि मनहरूका कारण सहजै गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य पाउन सक्छन् ।

सम्पन्नता र सुविधाको उपभोग गर्न अरू सरह समाजमा आफुलाई काबिल बनाउने अवसर पाउँछन् । अन्यथा विपीको सपना सिद्धान्तमा सीमित रहने समाज र जिवनमा कहिले अनुभुति गर्न नसक्ने भएकोले यस्तो पुण्य कार्यक्रममा काग्रेसीहरू संधै लागि रहनु पर्ने बताए ।

साथै, खड्कीले यूनियनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए । कार्यक्रममा यूनियनका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद जोशी, तारकेश्वर नगरपालिका–१० का नेपाली काँग्रेस वडा सभापति कुमार राई र कार्यक्रमका सभापति एवं यूनियनका वाग्मती प्रदेश अध्यक्ष अचुत ओझाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजन सह–सचिव सुस्मा थापाले गरेकी थिइन् भने कार्यक्रम संचालन सचिव बिनोद घिमिरेले गरेका थिए ।

More News last news
Loading...