काठमाडौँमा १० दिन निषेधाज्ञा थपियो, पसलहरु बेलुका ७ बजेसम्म खुल्ने

काठमाडौँ । काठमाडौँ उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ। बिहीबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले फेरि १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञामा सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन्। होम डेलिभरी र टेक अवे सेवा पनि बेलुका ७ बजेसम्म गर्न पाइने भएको छ ।

Advertisement

आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बताइएको छ ।

काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सम्मिलित बैठकले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरेका छन्।

भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ।

More News last news
Loading...