विवाहित महिलालाई बलात्कार गरेको आरोपमा नेपाली काँग्रेसका नेता पक्राउ

काठमाडौँ । एक विवाहित महिलालाई करणी गरेको आरोपमा रौतहटमा नेपाली काँग्रेसका एक स्थानीय नेता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका ५० वर्षका नागेश्वर कुश्वाहा रहेका छन्।

Advertisement

उनीबिरुद्ध सोही स्थानकी एक महिलाले आफूलाई फकाएर काँसघारीमा लगेर जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी पछि कुश्वाहालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। उजुरी दिने महिला विवाहित भएको प्रहरीले बताएको छ। उनीमाथि ३ दिन अघि बलात्कार भएको बताइएको छ।

जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरेर जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। पीडित महिलाका अनुसार आरोपीत कुश्वाहाले ३ दिन अगाडी घरयासी सामान लिने भनेर गरुडा बजारतर्फ लगेका थिए।

त्यसपछि सामान खरिद नगरि बजारभन्दा केही पर जंगलमा लगेर जबरजस्ती बलात्कार गरेका थिए। प्रहरीले कुश्वाहालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ।

More News last news
Loading...