काठमाडौँ । भारतको केरेलामा जीका नामक भाइरस फेला परेको छ। एइडीज प्रजातिको लामखुट्टेबाट सर्ने जीका भाइरसको संक्रमित पहिलोपटक केरलामा फेला परेको हो।
राज्यमा जीका भाइरस फैलिएको भन्ने आशंकामा १९ जनाको नमूना संकलन गरेर पुणेमा रहेको राष्ट्रिय विषाणु संस्थानमा परीक्षण गरिएको थियो।
स्वास्थ्य विभागका अनुसार त्यसमध्ये तिरुवनन्तपुरमको परसालामा बस्ने २४ वर्षीया गर्भवती महिलामा भाइरसको संक्रमण पुष्टि भएको छ। उक्त महिलाको निजी अस्पतालमा उपचार भइरहेको छ।
केरलाकी स्वास्थ्य र परिवार कल्याण मन्त्री वीना जर्जका अनुसार तिरुवनन्तपुरमबाट पठाइएको १९ नमूनामध्ये १३ स्वास्थ्यकर्मीको रहेको थियो। सो स्थानमा जीका संक्रमित हुनसक्ने सम्भावना रहेको उनले बताइन्।
अफ्रीकाको मौलिक जीका भाइरस सन् २०१५ को मे महिनादेखि अमेरिकी महादेशहरु र ब्राजिलमा तीव्र गतिमा फैलिरहेको छ। जीका एइडीज प्रजातिको लामखुट्टेबाट सर्ने गर्दछ, तर अनुसन्धानकर्ताहरु अन्य तरिकाबाट पनि सर्ने सम्भावना रहेको बताउँछन्।
जीका भाइरसको संक्रमणलाई सानो मष्तिष्क हुने शारिरिक खराबी र बालबालिकाको जन्मका लागि जीम्मेवार ठानिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
