सुन्दर फूलमा थियो संसारकै खतरनाक ड्रग्स, दुई युवतीले सुँघेपछि भयो यस्तो हालत

काठमाडौँ । बाटोमा हिँड्दा छेउमा फुलिरहेको फूल देखेर २ जना युवतीहरु आकर्षित भए। फूलको सुगन्ध निकै मिठो थियो त्यसैले उनीहरु आकर्षित भएका थिए तर त्यो फूलमा संसारकै सबैभन्दा खतरनाक ड्रग्स थियो।

ती युवतीहरुले फूललाई सुँघिरहेको भिडियो बनाए तर त्यसपछि भने उनहिरुले निकै खतरनाक अवस्थाको सामना गर्नुपर्यो। घटना क्यानडाको टोरन्टोको हो। यहाँकी गायिक रफायला वेम्यान र उनकी एक साथी घुमिरहेका थिए। यही क्रममा उनहिरुले निकै सुन्दर फूल देखे।

Advertisement

पहेंलो रंगको यो फूल देखेपछि उनहिरुले फूल टिपे र फूल सुँघिरकेको भिडियो बनाए। तर, रफाएला र उनकी साथीलाई यो फूल सुँघेपछि के हुन्छ भन्ने थाहा थिएन। उनीहरुले फूल सुँघिरहेको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ।

फूल सुँघेको केही समयसम्म त उनहिरुलाई केही भएन। तर, त्यहाँबाट जब उनीहरु एक साथीको जन्मदिनको पार्टीमा पुगे त्यसपछि भने उनीहरुको हालत बिग्रिन थाल्यो।

वेम्यानले भनिन् ‘हामीले अचानक यतिसम्म असहज महसुस गर्यौं कि हामी त्यहाँबाट जानुपर्यो।’ वेम्यानका अनुसार उनीहरुले पछि मात्र थाहा पाए कि उनीहरुले सुँघेको फूललाई एन्जेल्स ट्रम्पेट भनिन्छ, जसमा स्कोपोलामाइन नामको विश्वकै सबैभन्दा खतरनाक ड्रग्स हुन्छ।

स्थानीय भाइस न्युजका अनुसार रफएला र उनकी साथीले फूल सुँघेर अन्जानमै आफूलाई विष दिएका थिए। वेम्यानले भनिन् ‘म अचानक असन्तुलित महसुस गर्न थालें । अचानक मलाई लाग्न थाल्यो कि मेरो खुट्टामा चेतना नै छैन र जमिन उथलपुथल भइरहेको छ।

मलाई अत्यन्तै निद्रा लागिरहेको थियो। मलाई प्यारालाइसिसको महसुस भयो। मलाई लाग्यो कोही मान्छे मेरो कोठामा कालो रंगको कपडा लगाएर आएको छ र मेरो छेउमा बसेर मलाई इन्जेक्सन लगायो।’ रफाएलाले यसलाई निकै खतरनाक अनुभव बताइन्।

 

View this post on Instagram

 

A post shared by * * (@songsbyralph)

More News last news
Loading...