काठमाडौँ । बिहेमा खाना पकाइरहेका एक युवकको खाना पाकिरहेको भाँडोमा खसेर ज्यान गएको छ। २५ वर्षका ती युवक खाना पक्राउने क्रममा झुक्किएर उम्लिरहेको भाँडोमा खसेका थिए।
स्थानीय मिडियाका अनुसार इराकमा सेफ इस्सा इस्माइलको ज्यान गएको हो। बिहेको पार्टीको तयारीका क्रममा इस्माइलले चिकेन सुप बनाइरहेका थिए।
पार्टीका लागि चिकेन सुप उमालिरहेका ती युवक अचानक झुक्किएर त्यही उम्लिरहेको सुपको भाँडोमा खसेका थिए।
इराकको दोहुक प्रान्तको जाखो जिल्लामा उक बिहेको हलमा खाना बनाउने काम गरिरहेका बेला ३ सन्तानका पिता २५ वर्षका सेफ इस्माइलको दुर्घटनामा ज्यान गएको हो।
बिहेमा आउने पाहुनालाई खाना बनाइरहेका इस्माइल अचानक उम्लिरहेको भाँडोमा खसेपछि नराम्रोसँग जले। उनलाई तत्काल दोहुक अस्पताल लगियो।
अस्पतालमा ५ दिनसम्म उपचार गरेपछि अन्ततः उनको मृत्यु भयो। दिवंगत सेफका एक आफन्तले बताएअनुसार उनी विगत ८ वर्षदेखि सेफको काम गरिरहेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
