बिप्लव र श्रीमती पहिलोपल्ट मिडियामा, देखाए झुपडी घर, सुनाए सुख दुःखका कथा (भिडियो)

काठमाडौँ । नेपाल कमन्युष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘बिप्लव’ को दम्पती पहिलोपल्ट मिडियामा देखिएको छ।

क्यानडा नेपाल डटकमले ल्याएको अन्तरवार्तामा बिप्लव र उनकी धर्मपत्नी शुभद्रा मल्लले पहिलो पटक मिडियामा आफ्नो सुख दुखको कथा साटेका हुन्। अन्तरवार्तामा उनीहरुले आफ्नो झुपडी घर पनि देखाए।

Advertisement

दुई छोरा र एक छोरीलाई पढ्न छोडेर आफू श्रीमानसँगै भूमिगत बसेको बताएकी शुभद्राले आफूलाई झुपडीमा बस्दा आनन्द आउने कुरा खुलाएकी छिन् ।

नेताहरुको श्रीमतीले ठूलो घर गाडीको रहर राख्ने तर बिप्लवको श्रीमती झुपडीमा बस्दा दुख लागेन भन्दा श्रीमती शुभद्राले भनिन्, “मेरो श्रीमानले देश र जनताको लागी आफ्नो जीवन भूमिगत रहेर बिताउनु भएको छ ।”

”मेरो कर्तव्य र धर्म हो श्रीमानको लागि सुख सुविधा त्यागेर वहाँको सोचमा हिड्न। म खुशी छु कि आज जनताले मेरो श्रीमानलाई साथ दिनुभएको छ।”

बिप्लव दम्पती अहिले दुई कोठाको झुपडीमा बसिरहेका छन्। यहि झुपडी घर पछाडी भने एउटा पक्का घर बनाउदैछन जुन उनलाई पार्टी र शुभचिन्तकको सहयोगमा बनिरहेको छ। आफू बसेकै निवास नजिकै पार्टी कार्यालय पनि बनिरहेको बिप्लवले उल्लेख गरेका छन्।

More News last news
Loading...