नेपाली फिल्ममा भिलेन बन्लान् त सुनिल शेट्टी ?

काठमाडौँ । ‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्ट मल्टीस्टार कलाकार लिएर फिल्म बनाउन माहिर छन्।

उनको निर्देशन रहेको दुई मध्ये एक फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शन हुन बाँकी छ। कोरोनाको कहर नआएको भए सायद फिल्म प्रदर्शन अहिलेसम्म भइसक्ने थियो।

Advertisement

निर्देशक भट्टको ‘लप्पन छप्पन’ का दुबै सिरिज एक्सनमा आधारित छन्। अहिले भने उनी तेस्रो फिल्म ‘एक्स ९–लेभल १’ को तयारी गर्दैछन्। जसको घोषणा उनले केही पहिले गरेका थिए । यो नेपालकै सबैभन्दा ठूलो एक्सन–थ्रिलर फिल्म हुने दाबी निर्माण युनिटको रहेको छ।

नेपालका चलेका कलाकार लिएर फिल्म बनाउने भट्टको अबको फिल्म ‘एक्स ९– लेभल १’ मा बलिउड अभिनेता सुनील शेट्टी पनि रहनेछन्। यो बिषय भट्ट आफैले बाहिर ल्याएका हुन्।

एक महिना अगाडि फिल्म अभिनयको बिषयमा शेट्टीसँग कुराकानी भएको समेत भट्टले बताउँदै आएका छन्। भट्टले शेट्टीलाई फिल्मको भिलेनको रुपमा अफर गरेका हुन्। शेट्टी पनि अभिनयका लागि राजी भएको भट्टको भनाई रहेको छ।

आफ्नो फिल्म ‘एक्स ९–लेभल १’ मा शेट्टी रहने निर्देशक भट्टले बताउँदै आएपनि शेट्टीले भने नेपाली फिल्म अभिनय बिषयमा अहिलेसम्म आधिकारिक धारणा बाहिर ल्याएका छैनन्।

फिल्म ‘एक्स ९– लेभल १’ मा नेपाली कलाकार अनमोल केसी, पुष्प खड्का र सौगात मल्ल रहने चर्चा छ। तिहारपछि छायाँंकन हुने बताइएको फिल्मका कार्यकारी निर्मातामा सरोज रिजाल र निर्मातामा यादव प्रसाद पाठक हुन्।

More News last news
Loading...