काठमाडौँ । अभिनेत्री बर्षा सिवाकोटीले युट्युबरलाई संवेदनशील र कारुणिक घटना आफ्नो युट्युबरको मसला नबनाउन अनुरोध गरेकी छन्।
उनले न्याय दिने निकाय छिटो छरितो रुपमा एक्सनमा नउत्रिँदा युट्युबरहरुले कारुणिक घटनालाई मसलाका रुपमा प्रयोग गर्ने गरेको समेत आरोप लगाएकी छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै शंकास्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत घटनाले हाम्रो देशमा न्याय मरेको भान भएको समेत बताएकी छन्।
के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो ? प्रश्नसहित उनले स्टाटसमा लेखेकी छन्, ‘अहिले पछिल्लो समयमा सार्वजनिक दुई घटनाले त्यस्तै देखाउँछन्। न्याय दिने निकाय किन यस्ता घटनामा क्विक एक्सनमा उत्रँदैनन् ?’
‘युट्युबरहरूले संवेदनशील विषयमा चर्तिकला देखाउनु भनेको राज्यको न्याय प्रशासन भन्दा युट्युबरको अपरेसन प्रभावकारी हुनु र न्याय मर्नु नै हो’ उनले अगाडि थपेकी छन्, ‘अझ रमाइलोको हिसाबले टिकटकमा लिपसिंङकको होडबाजी छ।’
उनले आफुले युट्युव र टिकटमा राखेको भिडियोलाई अरुलाई पीडा दिने कुरामा समेत ख्याल गर्न सबैलाई अनुरोध समेत गरेकी छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
