भियतनाम भेटियो हावाबाट छिट्टै फैलने कोरोनाभाइरसको नयाँ प्रकार

भियतनाम । भियतनाममा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको छ। हावाबाट छिट्टै फैलिने यो प्रकार भारत र बेलायतमा पहिलोपटक देखिएको प्रकारको मिश्रित स्वरूपमा रहेको जनाइएको छ।

भियतनामको सरकारले नयाँ प्रकारलाई निकै खतरनाक र संक्रामक बताएको छ। भियतनाममा अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड १९ को भेरिअन्ट देखिएको भन्दै रोयटर्सले समाचार प्रकाशित गरेको छ।

Advertisement

यो प्रकार यसअगाडिका भन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताइएपछि चिन्ता बढेको छ। भारत र बेलायतमा पहिलोपटक देखिएका प्रकारबिरुद्ध भने फाइजर र आस्ट्राजेनेकाजस्ता खोपहरू दुई डोज लगाउँदा प्रभावकारी रहेको पाइएको छ।

पछिल्ला सातामा भियतनाममा कोभिड १९ का घटनामा उच्च वृद्धि देखा परेको छ। महामारी सुरु भएयता भियतनाममा ६ हजार ७ सय भन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये आधाभन्दा धेरै यसै वर्षको अप्रिल महिनापछि देखिएका हुन्।

कोरोना महामारीका कारण यतिबेला पूरै विश्व आक्रान्त बनेको छ। कोरोनाका कारण कयौँको ज्यान गएको छ भने लाखौँ सक्रिमित बनेका छन्।

More News last news
Loading...