काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले (आज) शुक्रबारदेखि निषेधाज्ञामा थप कडाइ गरेको छ। उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको कडाइका साथ पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ।
आजदेखि किराना, खाद्यान्न पसल र डिपार्टमेण्टल स्टोरसमेत बन्द गर्ने गरी उपत्यकामा निषेधाज्ञा एक साताका लागि थप गरिएको हो। दूध र तरकारीलगायतका पसल भने बिहान ९ बजेसम्म खोल्न पाइनेछ । तर प्रशासनले अत्यावश्यक खाद्यान्न पसलचाहि १ हप्ता खोल्नै नपाउने निर्णय गरेको छ।
निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न प्रशासनले सबैलाई अपिल गरेको छ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत अनलाइनबाट घरमै बसेर खाद्य सामाग्री मगाउन सकिने व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्।
आवश्यक खाद्यान्न खरिदका लागि प्रशासनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द ९८५१३२०३१४ विभागीय प्रमुख भीम बहादुर थापा ९८५११३६७८५ र प्रादेशिक प्रमुख ज्ञानु थापा ९८५११२१७८८ लाई सम्पर्क गर्न भनेको छ।
त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका उर्मिला श्रेष्ठ ९८५१०२२५६४ कुमार राजभण्डारी ९८५१०३३३०३ सवल रिजाल ९८५१११३६६० र प्रज्वल प्रधान ९८४१३३२९९० मा सिधै फोन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
