अस्ट्रेलियाका दुई राज्यमा मुसाको बिगबिगी, आवास, अस्पताल र विद्यालयमा प्रदूषण

एजेन्सी । कोरोना भाइरसको त्रास कायमै रहेका बेला अस्ट्रेलियामा अब मुसाले सताउने थालेको छ। अस्ट्रेलियाको न्यु साउथ वेल्स र क्विन्सल्यान्ड राज्यमा मुसाको बिगबिगीले किसान ठूलो मर्कामा परेका छन्।

करोडौँ मुसा सिड्नीतर्फ गइरहेको बताइएको छ। मुसाले फार्म हाउस, आवास, अस्पताल, विद्यालयमा प्रवेश गरेर प्रदूषण फैलाइरहेका छन् ।

Advertisement

मुसाका कारण करोडौँ डलर नोक्सान भइसकेको छ। मुसाले खाद्यान्नका साथै उपकरणहरु काटेर नष्ट पारिदिएको अष्ट्रेलियाका सञ्चार माध्यमहरुले जनाएका छन् ।

यस्तै, कोरोना भाइरसका कारण विश्व काक्रान्तभइरहेका बेला अष्ट्रेलियामा भने त्यसको प्रभाव सामान्य रुपमा परेको छ । हालसम्म अष्ट्रेलियामा ३० हजार ६३ जना मानिस मात्रै संक्रमित भएका छन् । जसमध्ये २९ हजार ३७ जना निको भएर घर फर्किसकेका छन् भने ९१० जनाले ज्यान गुमाएका छन् ।

नेपाललाई रू ६३ करोड ५० लाख सहयोग गर्ने

अष्ट्रेलियाले कोभिड–१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई रू ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ।

अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न उक्त रकम प्रदान गरिएको नेपालस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ।

नेपालका स्थानीय तहमा आम नेपालीकाबीच कार्यरत अमेरिकी, बेलायती, जापानी र राष्ट्रसङ्घीय निकायमार्फत सहायता परिचालन गरिने दूतवासले बताएको छ।

More News last news
Loading...