कोरोना महामारीका बीच अमेरिकामा अर्को भाइरस फेला, १६३ जनामा संक्रमण पुष्टि

काठमाडौँ । कोरोना महामारीका बीच अमेरिकामा फेरि अर्को संक्रमण देखिएको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मानिसहरूलाई साल्मोनेलाको बढ्दो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिएको हो।

संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा यसको संक्रमण देखिएपछि सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्रकोपको बारेमा अनुसन्धान सुरु गरेका हुन्।

Advertisement

स्वास्थ्य एजेन्सीहरू भन्छन्, “मानिसहरूले कुखुरालाई चुम्नुबाट बच्नुपर्छ । साथै, सकेसम्म उनीहरूको वरिपरि घुम्नु समेत हुँदैन।”

”त्यसो नगरी, यसको कीटाणुहरू तपाईंको मुखबाट शरीरमा पुग्न सक्छ र संक्रमण फैलाउन सक्छ र तपाईंलाई बिरामी बनाउन सक्छ। ”

यो चेतावनी पनि दिइएको छ कि कुखुराहरू स्वस्थ र सफा भए तापनि तिनीहरू यस कीटाणुका वाहक हुन सक्छन्। यसको कीटाणु सजिलैसँग जहाँ जहाँ कुखुरा छन् ती ठाउँहरूमा फैलिन सक्छन्।

साल्मोनेला जीवाणु संक्रमणको एक प्रकार हो जसले ज्वरो, पखाला, कोलिक र बान्ता निम्त्याउन सक्छ। अधिकांश व्यक्तिहरू उपचारविना निको हुन्छन्, तर अधिक गम्भीर अवस्थामा मृत्यु पनि आउन सक्छ।

More News last news
Loading...