आफ्नै ३ महिने बच्चा बेचेर जब आमा बाबुले किने कार

काठमाडौँ । संसारमा आमाले जति माया कसले गर्ला ? तर, भारतको कन्नौजस्थित तिर्वा कोतवाली क्षेत्रको सतौरा गाउँमा एकजोडीले आमा–बाबुकै परिभाषामा कलंक पोतेका छन्।

कार किन्नका लागि यी आमा–बाबुले आफ्ना तीन महिनाको नवजातु शिशुलाई बेचे । प्रहरीले गाउँमा पुगेर आमा र बाबुसँग सोधपुछ गरेपछि उनीहरुले अपराध स्विकारे । अहिले सतौरा गाउँमा यो घटना चर्चाको विषय बनेको भारतीय मिडिया जागरण डटकमले समाचार प्रकाशन गरेको छ।

Advertisement

यसरी बाहिर आयो घटना

गुरसहायगन्ज निवासी हजुरआमाले फोन गरेर सोध्दा उनकी छोरीले नातिका विषयमा कुनै जवाफ दिइनन्। जबकी, तीन महिना पहिले उनले शिशुलाई जन्म दिएकी थिइन्।

त्यसपछि शंका लागेर हजुरआमाले गाउँमा गएर नातिबारे सोधपुछ गरिन्। त्यसपछि उनलाई थाहा भयो कि आफ्ना ज्वाइँ र छोरीले डेढ लाख रुपैयाँमा एक व्यापारीलाई शिशु बेचेका छन्।

उनीहरुले शिशुलाई बेचेपछि कार किनेको पनि हजुरआमाले पत्ता पाइन्। उनीहरुले गुरसहायगन्जकै एक व्यापारीलाई बच्चा बेचेका थिए। यो घटनाबारे जानकारी पाएपछि हजुरआमाले पुलिसमा रिपोर्ट गर्ने भन्दै बच्चा फिर्ता ल्याउन दबाब दिइन्।

त्यसपछि आक्रोशित भएका ज्वाइँले उल्टै ज्यान मार्ने धम्की दिए। यस घटनापछि कोतवाली पुगेर हजुरआमाले आफ्नी छोरी र ज्वाँइविरुद्ध बच्चा बेचेको आरोपमा उजूरी गरिन्।

यस घटनामा अनुसन्धान चलिरहेको र दोषी पक्षलाई कारबाही गरिने कोतवाली प्रभारीका प्रहरी निरीक्षक शैलेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।

More News last news
Loading...