धम्कीपछि भारतमा कोरोना खोप बनाइरहेको कम्पनीका सिइओ परिवारसहित लण्डन भागे

काठमाडौँ । शक्तिशाली व्यक्तिको धम्की आएपछि सेरम इन्स्टिच्युटका सिइओ अदार पुनावाला परिवारसहित बेलायत भागेका छन्।

उनले धम्कीपछि आफूले भारत छोडेको बताएका हुन्। सेरम इन्स्टिच्युटले भारतमा कोरोनाविरुद्धको खोप कोभिशिल्ड उत्पादन गर्दै आएको छ।

Advertisement

बेलायत गएका पुनावालाले त्यहाँको एक अखबारलाई अन्तर्वार्ता दिँदै आफूलाई सुरक्षा खतरा भएकाले लण्डन आएको अभिव्यक्ति दिएका छन्।

नवभारत टाइम्सका अनुसार उनलाई कोभिड भ्याक्सिन छिटोछिटो सप्लाई गर्न भन्दै भारतका शक्तिशाली व्यक्तिहरुले फोन मार्फत धम्क्याएका थिए ।

सेरम इन्स्टिच्युटले भारतमा अक्सफोर्ड-एस्ट्राजेनिका खोप उत्पादन गर्दै आएको छ।

पुनावालामाथि सम्भावित सुरक्षा खतरालाई ध्यान दिँदै भारत सरकारले केन्द्रीय प्रहरी बलको एक टोलीलाई नै उनको सुरक्षामा खटाएको थियो । तर पनि उनी आफू असुरक्षित भएको भन्दै उनी पत्नी र छोरासहित लण्डन पुगेका हुन्।

‘म लण्डनमा अहिले तय भएको भन्दा बढी समय रहन्छु’, उनले त्यहाँको अखबारलाई भनेका छन्, ‘यो स्थितिमा म फर्कन सक्दिनँ। सबै मेरो काँधमा आइपर्यो तर म एक्लै त्यो गर्न सक्ने अवस्थामा छैन।

भ्याक्सिनका लागि भारतीय शक्तिशाली व्यक्तिदेखि नागरिकसम्म उग्र रुपमा प्रस्तुत भएको बताउँदै उनले त्यसको दबाब झेल्नसक्ने बताएका छन्।

More News last news
Loading...