काठमाडौँ । भारतको उत्तर प्रदेशको बिजनोरमा कोरोनाले ७२ घण्टाभित्रै बेहुलीको खुसी खोसेर लगेको छ। कोरोनाका कारण ती बेहुलाको २ दिनभित्रै ज्यान गयो जसले भर्खरै बेहुली बिहे गरेर ल्याएका थिए।
बिहेकै दिन बेलुका ज्वरो आएका कारण सोही रात उनलाई अस्पताल भर्ना गरिएको थियो र उपचारको क्रममा अर्जुन नाम गरेका ती बेहुलाको ज्यान गयो ।
जूमन्यूजका अनुसार बिजनोर सहरको जाटन निवासी अर्जुनले अप्रिल २५ का दिन चन्दपुरको सियाउ गाउँ निवासी बबलीसँग विवाह गरेका थिए। अप्रिल २५ का दिन अर्जुन जन्ती लिएर गएका थिए र धुमधामका साथ बिहे सम्पन्न भएको थियो।
बेलुका ७ बजेतिर बेहुलीसँग जन्तीलाई विदा गरेर पठाइएको थियो। जन्ती खुसीसाथ बिजनोर पुगेका थिए र त्यहाँ बेहुलीको पनि धुमधामका साथ स्वागत गरिएको थियो। तर, त्यही रात सुहागरातका बेला बेहुला अर्जुनलाई अचानक ज्वरो आयो र ज्वरो पनि बढ्दै गयो।
अर्जुनलाई हतार हतार जिल्ला सरकारी अस्पताल पु-याइयो जहाँ उनको रिपोर्ट कोरोना पोजेटिभ आयो। उनलाई जिल्ला अस्पतालकै कोभिड–१९ वार्डमा भर्ना गरिएको थियो तर उनको अवस्था सुध्रिएन, उल्टै अवस्था बिग्रिँदै गयो।
छिमेकीहरुका अनुसार अस्पतालमा अक्सिजनको अभावका कारण अप्रिल २९ का दिन बिहान कोरोनाका कारण बेहुला अर्जुनको ज्यान गएको थियो।
दुलहाको मृत्युको खबर आउने बित्तिकै बेहुली र बेहुला पक्ष दुवैतिर रुवाबासी भयो। बबलीसँग बाँकी जीवन सँगै बिताउने सपना बोकेका बेहुलाको ७२ घण्टामै ज्यान गयो ।
उनीहरुको सहयात्रा ७२ घण्टाको मात्र रह्यो । त्यसपछि बबलीको अवस्था पनि बिग्रिएको छ तर उनी कोरोना संक्रमित भएकी हुन् वा होइनन् भन्ने पुष्टि भएको छैन। बेहुलाको निधन भएपछि स्थानीयमा शोकको वातावरण छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
