काठमाडौँ । काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
हिजो बेलुका सवा ८ बजे कलङ्कीको सीता पेट्रोल पम्प नजिक बा ६१ प १५३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा कीर्तिपुर नगरपालिका वडा नम्बर १० बाघभैरवका ५० वर्षका राजमान महर्जनको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक महर्जनको नेपाल नेशनल अस्पताल कलङ्कीमा उपचारका क्रममा ज्यान गएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
