भारतमा कोरोना कहरः ८ दिनको अन्तरालमा एकै परिवारका ४ सदस्यको निधन

काठमाडौँ । कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय नागरिक त्राहीत्राही छन्। उपचारका लागि अस्पताल गएकाहरु अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन्।

लासहरुको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव भएपछि चिनी उद्योगमा पेलेका उँखुका डाँठ खोसाखास गर्नुपर्ने बाध्यता छ।

Advertisement

यहीबीचमा महाराष्ट्र राज्यको पुणेमा कोरोना संक्रमित एकै परिवारका चार जनाले आठ दिनको अन्तरमा ज्यान गुमाएको समाचार सार्वजनिक भएको छ।

मृत्यु हुनेमा आमा-बुवा र उनीहरुका दुई छोरा छन्। परिवारमा बाँकी एकमात्र सदस्य बुहारीको गम्भीर अवस्थामा उपचार जारी छ।

भारतीय मिडिया दैनिक भास्करका अनुसार मृत्यु हुनेमा पुणेको हडपसर इलाकामा बस्दै आएका आमा सुमन कोचेकर, उनका पति लक्ष्मण तथा छोराहरु श्यामसुन्दर र विजय छन्।

उनीहरु एउटै घरमा बस्दै आएका थिए। तर बेड अभावमा उनीहरुको अलग-अलग अस्पतालमा उपचार भइरहेको थियो।

डाक्टरहरुका अनुसार सबैभन्दा पहिले सुमनको १६ अप्रिलमा मृत्यु भएको थियो। त्यसको ६ दिनपछि उनका पति लक्ष्मणको मृ’त्यु भएको थियो।

त्यसपछि छोराहरु श्यामसुन्दर र विजयले पनि संसार छाडे। श्यामसुन्दरकी पत्नीको गम्भीर अवस्थामा उपचार जारी छ। उनको फोक्सोको ५० प्रतिशत भागमा संक्रमण भएको डाक्टरहरुको भनाइ छ।

पुणे जिल्लाका अस्पतालहरुमा एक लाख १६ हजार कोरोना संक्रमितको उपचार भइरहेको समाचारमा उल्लेख छ । हालसम्म ११ हजार ७८० जनाको मृ’त्यु भइसकेको छ। जिल्लामा मृत्यु दर १.५४ प्रतिशत र संक्रमणबाट मुक्त हुने दर ८५.११ प्रतिशत रहेको छ।

More News last news
Loading...