श्रीमतीको थियो पर-पुरुषसँग सम्बन्ध, पोल खुल्ने डरले विदेशबाट फर्किएका श्रीमानको लिइन् ज्यान

भक्तपुर। साँढे पाँच वर्षअघि श्रीमानलाई विष खुवाई ज्यान लिएको अभियोगमा एक महिला पक्राउ परेकी छन्। धादिङको साविक मुलपानी गाविस वडा नं २ घर भई हाल सूर्यविनायक नगरपालिका–४ डेरागरी बस्ने २९ वर्षीया पार्वती थापा मगरलाई प्रहरीले समात्न सफल भएको हो।

पार्वतीले २०७२ माघ २८ गते अघिल्लो दिन मात्र वैदेशिक रोजगारबाट फर्केका श्रीमान् ३२ वर्षीय विष्णु थापा मगरलाई खानामा विषाक्त पदार्थ सेवन गराई ज्यान लिएको अभियोगमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Advertisement

कसरी भयो घटना ?

पार्वतीका श्रीमान् विष्णु २२ महिनाको वैदेशिक रोजगारीपछि २०७२ माघ २७ गते घर फर्किए। माघ २८ गते बिहान पार्वतीले छोराछोरीलाई अघिल्लो दिनको बासी खाना खुवाई विद्यालय पठाइन्।

करिब ९ः३० बजे पार्वतीले विष्णुलाई गहत दाल, अण्डाकरीसँग खाना खुवाइन्। खाना खाएको केही समयपछि विष्णुलाई उकुसमुकुस भयो। अफ्ठ्यारो हुन थालेपछि मध्यपुर अस्पताल थिमि उपचारका लागि गए। त्यही दिन उनको अस्पतालमा ज्यान गयो। विष्णुको मृत्युपछि पार्वतीले प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन्।

प्रहरीले घटना अनुसन्धान क्रममा मृ’तकको भिसेरा, घटनास्थलमा बरामद गरिएको गहतको दाल, अण्डाकरी, खाना (भात) तथा मुछिएको खाना समेतको नमुना परीक्षणका लागि सम्बन्धित प्रयोगशाला पठायो।

२०७४ साउन ९ गते प्रयोगशालाबाट आएको रिपोर्टमा अर्गान फोस्फोरस इन्सेक्टिसाइड्स नामको कीटनाषक विषादी फेला परेको मृतकका भाइ लोकबहादुरले बताए। उनले भाउजूको नाममा किटानी जाहेरी दिए।

विष्णुको प्रयोगशालाको रिपोर्ट आउँदासम्म पार्वती वैदेशिक रोजगारीमा गइसकेकी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए। तर वैदेशिक रोजगारीबाट फर्केकी पार्वतीलाई भक्तपुर जिल्ला अदालतको आदेशले पक्राउ गर्न सफल भयो उनले बताए।

विष्णुको ज्यान गएपछि तत्काल कारण खुलेको थिएन। प्रयोगशालाको रिपोर्ट आउन केही समय ढिला भयो। त्यही बेला पार्वती वैदेशिक रोजगारीमा गएकी थिइन्। अहिले नेपाल आएको मौकामा पक्राउ गरी कारबाही अघि बढाइएको गिरीले बताए।

अनुसन्धान क्रममा पार्वतीको श्रीमान विष्णु वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँग सम्बन्ध रहेको र सोही सम्बन्धका कारण विष सेवन गराई ज्यान लिएको खुल्न आएको उनको भनाइ छ। घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताए।

More News last news
Loading...