काठमाडौँ । भारतमा एकैदिन झन्डै ३ लाख जनालाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा २ लाख ९४ हजार २ सय ९० जनालाई सङ्क्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विश्वमा अहिले सबैभन्दा धेरै भारतमा सङ्क्रमण फैलिरहेको छ । गएको २४ घण्टामा अमेरिकामा ६० हजार २ सय ८२ जनामा र ब्राजिलमा ७३ हजार एक सय ७२ जनामा सङ्क्रमण देखिएको छ।
अमेरिका विश्वमै कोरोनाबाट प्रभावित देशको पहिलो स्थानमा छ भने भारत दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा छन् ।यस्तै, भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट दैनिक ज्यान गुमाउनेको संख्यामा पनि नयाँ रेकर्ड बनेको छ।
गएको २४ घण्टामा २ हजार २१ जनाको ज्यान गएको छ। भारतको महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तर प्रदेशलगायत राज्यमा कोरोना तीव्र गतिमा फैलिइरहेको छ।
भारतमा अहिलेसम्म १ करोड ५६ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ भने अहिलेसम्म १ लाख ८२ हजार भन्दा धेरैको ज्यान गएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
