काठमाडौँ । पहिले पहिले एपेन्डिसाइटिस रोगको बारेमा मानिसहरुलाई थाहा नभएका कारण यसलाई धामीले तिर हानेको वा बोक्सी लागेको पनि भनिन्थ्यो। यो रोग लाग्दा मानिसको पेटमा अकास्मात र एकदमै धेरै दुखाइको अनुभव हुन्छ।
पिडा यतिसम्म बढ्छ कि मानिस बेहोस हुदै मृत्युसम्म हुन सक्छ। तर, विज्ञानमा भएको विकाशले यो रोकलाई सामान्य अरु रोग जस्तै निको हुने रोग बनाएको छ।
वास्तवमा एपेन्डिसाइटिस एउटा आकस्मिक अवस्था हो। यसमा एपेन्डिक्स भन्ने अङ्ग सुन्निएको अवस्थामा हुन्छ । कहिलेकाहीँ त फुटिसकेको पनि हुन सक्छ।
एपेन्डिक्स मानव शरीरमा पेटभित्र दाहिने कम्मरको अलि माथि सानो आन्द्रा र ठूलो आन्द्रा जोडिएको भागको पछाडिपट्टि रहेको अङ्ग हो। यसको उपचार हुन नसके एपेन्डिक्स फुटेर पेरीटोनाइटिस भएर मृत्यु हुने गरेको पाइन्छ। सन् १८८६ मा रेगीनाल्डले पहिलोपल्ट एपेन्डिसाइटिसका बारेमा तथ्य बाहिर ल्याएको पाइन्छ।
एपेन्डिसाइटिस हुनुको कारण के हो ?
शरीरको ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको संक्रमण गराउन सक्दछ। एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो। कब्जियतका बिरामीले दिशा खुकुलो बनाउने औषधिको अत्याधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस हुन सक्छ।
एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका जमेका फोहोरको कारणले गर्दा एपेन्डिक्सको रक्त सञ्चारमा कमी आउँछ। रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन् ठुलो हुँदै आफ्नो आकारमा वृद्धि भएर रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ।
यदी पेरिटोनियम पनि फुटेमा आन्द्रा भित्रको गुह्य तत्व बहिर निस्कन्छ अनि जटिल प्रकारको संक्रमण हुन्छ । कहिले कही आन्द्राको वरिपरी आएर आन्द्रा वरिपरी रहेको ओ मेन्टअ्म भन्ने बोसोले ढाकेर संक्रमण हुनबाट रोक्छ। यसलाई अप्पेन्डिकुलर लम्प भनिन्छ। यसले पीपलाई अनेत्र सर्नबाट रोक्छ । अस्तो भएमा तुरुन्त शल्यकृया गर्न पर्दैन। तर चिकित्सकको प्रत्यक्ष निग्रानीमा रहनुपर्छ । अनि बिस्तारै संक्रमण निर्मुल भएपछि शल्यक्रिया गर्नुपर्छ।
कसरी थाहा पाउने ?
-पेटको दुखाई
-हल्का ज्वरो
– वान्ता आउने
– खान मन नलाग्नु
-कब्जियत
-पखाला
पेटको दुखाई
पेटको दुखाई एपेन्डिक्सको प्रमुख लक्षण हो । यदि पेटको दाहिने भागमा बेलाबेलामा दुख्छ भने एपेन्डिक्स हुने भय हुन्छ ।यस्तो दुखाई पेटमा रहेको एपेन्डिक्सको कारण बढी हुने गर्छ । जुन नाइटोको बीचबाट सुरु भई पेटको दाहिने तर्फको तल्लो भागसम्म पुग्छ, जहाँ एपेन्डिक्स हुन्छ । एपेन्डिक्सको दुखाई खोक्दा तथा हिँड्दा अझ बढ्ने गर्छ ।
खानामा अरुची
भोक नलाग्नु वा खान मन नलाग्नु पनि एपेन्डिक्सको प्रमुख लक्षण मध्यको एक हो। कयौ अवस्थामा खान मन नलाग्नुका साथै वाकवाकी लाग्ने गर्छ । यसका साथै तपाईलाई कब्जियतको समस्या पनि हुने गर्छ । यदी तपाईमा पनि यस्ता लक्षण देखिएको छ भने तुरुन्तै चिकित्सकका जानु उचित हुन्छ ।
ज्वरो आउनु
एपेन्डिक्सको समस्या भएमा विरामीलाई हल्का ज्वरो आउने गर्छ । यस्ते ज्वरो सय डिग्री देखि १०३ डिग्रीको आसपास रहने गर्छ। जन हप्किन्स मेडिसिनका अनुसार एपेन्डिक्स भएको ४२ घण्टा देखि ७२ घण्टा भित्रमा फुट्न सक्छ ।
त्यसैले त्यो भन्दा अगाडी नै चिकित्सकका पुग्नु जरुरी छ। यदी तपाईलाई ज्वरोको साथमा कामज्वरो पनि आएको छ भने, त्यो एपेन्डिक्स फुटेको संकेत हुनसक्छ। त्यसैले, यदि तपाईलाई पनि एपेन्डिक्स भएको शंका लागेको छ भने तुरुन्तै चिकित्सकका जानु पर्छ।
सामान्य पेट दुखाई र एपेन्डिक्स बीचको फरक
सामान्य पेट दुखाई र एपेन्डिक्सको बीच धेरै भिन्नता छ । यदी तपाईलाई केही समयको अन्तरालमा पेट दुख्ने समस्या छ र समयसँगै त्यो कम हुदै गएको छ भने बुझ्नुहोस् । त्यो सामान्य पेट दुखाई हो।
सामान्य पेट दुख्दा वा ग्याष्ट्रिकको समस्या हुदाँ पूरै पटमा समस्या हुन्छ । जबकी एपेन्डिक्स भएमा दुखाई निश्चित हुन्छ । त्यस्तो दुखाई नाइटो वरिपरि सुरु भई बढ्दै जान्छ।
त्यसबाहेक, यदी तपाईलाई १२ घण्टा भन्दा बढी वाता तथा पखाला छ र सहनै नसक्ने पेट दुखेको छ भने पनि तपाईलाई एपेन्डिक्स भएको हुनसक्छ । जहाँ एपेन्डिक्स छ । यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकसितको सल्लाह लिनुपर्छ ।
एपेन्डिसाइटिसका प्रकार
एक्युट एपेन्डिसाइटिस
यस्तो एपेन्डिसाइटिस तीव्र गतिमा विकास हुने गर्छ । यो केही घन्टा या दिनमै विकसित हुने गर्छ । सुरुमै यसको पहिचान गर्न गाह्रो पनि हुन सक्छ । यस्तो एपेन्डिसाइटिस भएमा तत्काल सर्जरीको अवश्यकता हुन्छ ।
एपेन्डिक्समा जीवाणु संक्रमण, दिसा या कुनै अन्य प्रकारको रोकावटका कारण यसले शरीरलाई नै जोखिमपूर्ण बनाउँछ । जब एपेन्डिक्समा तीव्र गतिमा ब्याक्टेरिया उत्पन्न हुन्छ, यसको दुखाइ पनि त्यही गतिमा बढेर जान्छ । यस्तो एपेन्डिसाइटिस मृत्युको कारणसमेत बन्न सक्छ ।
क्रोनिक एपेन्डिसाइटिस
यसको दुखाइ लामो समयसम्म हुन्छ । क्रोनिक एपेन्डिसाइटिसले एपेन्डिक्समा बिस्तारै समस्या पार्न थाल्छ । बिस्तारै एपेन्डिक्स र मलद्वार सुन्निन थाल्छ । आन्तरिक दबाबका कारण सुन्निएको एपेन्डिक्सले गम्भीर समस्या निम्त्याउन सक्छ र समयमै उपचार नगर्दा एपेन्डिक्स फुट्न पनि सक्छ ।
एपेन्डिसाइटिसको लक्षण कस्तो हुन्छ
एपेन्डिसाइटिस देखा पर्ने समयको आधारमा एपेन्डिसाइटिसलाई दुई प्रकारमा विभाजन गर्नु उपयुक्त हुन्छ । एकमा एपेन्डिक्स सुन्निने क्रम बिस्तारै हुन्छ, जुन पछि आफै ठीक भएर पनि जान सक्छ । यसको फुट्ने सम्भावना अत्यन्त कम रहन्छ ।
त्यस्तै प्रकार दुईमा एपेन्डिक्स सुन्निने क्रम अन्यन्त तीव्र हुन्छ, जुन चाँडै फुट्ने गर्दछ । यो एकदमै जोखिम पुर्ण मानिन्छ । यद्यपि, एपेन्डिसाइटिसका लक्षणहरु यस प्रकारका हुन्छन्।
-दुखाइः नाइटोवरिपरिबाट शुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ।
-उल्टी हुनुः एक वा दुईपटक उल्टी हुन सक्छ।
-साधारणतया १०० डिग्री फरेनहाइटसम्मको साधारण ज्वरो देखिन्छ।
– कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ।
-कब्जियत, झाडापखाला अत्यन्त न्यून देखिन्छ।
स्वास्थ्यकर्मीहरुले विभिन्न चिकित्सकीय परीक्षण गरेर एपेन्डिसाइटिस भए–नभएको पत्ता लगाउनुहुन्छ । अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान रोग पत्ता लगाउन सहयोगी हुन्छन् । विभिन्न किसिमका स्कोरिङ प्रणाली प्रयोग गरी रोगको अवस्था पत्ता लगाइन्छ। यसले एलभाराडो ज्यान्सकी आदि ।
उपचार नगरी उपाय छैन
शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्ने बाहेक यसको अर्को उपचारको विकल्प छैन । एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने पेटमा रहेको आमाशयको सानो र ठुलो आन्द्रालगायतलाई ढाकेर राख्ने पेरिटोनियम तन्तुको एक तहलाई फुटाइदिन सक्छ । यदि त्यस्तो भएमा संक्रमण शरीरभरी फैलिएर बिरामीको मृत्यु हुन पनि सक्छ।
पिसाबको संक्रमणको लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिनुपर्छ। भिडियो एक्सरे (अल्ट्रासाउण्ड)बाट पनि एपेन्डिसाइटिसको समस्याको निदान हुन्छ । तर, करिव १५ प्रतिशतको एपेन्डिक्स ठूलो आन्द्रा पछाडि हुने भएकाले आन्द्रामा दिसा वा ग्याँस भरिंदा शुरूको अवस्था फेला नपर्न सक्छ।
यो समस्याबाट ज्यान जान सक्ने भएकाले रोग निदान नभएसम्म पीडा कम हुने औषधि सेवन गर्नु हुँदैन। एक्सरे र इमर्जेन्सी शल्यक्रियाको सुविधा भएको अस्पताल वा स्वास्थ्य संस्थामा तुरुन्तै जानु पर्छ। एपेन्डिसाइटिसको शल्यक्रिया रोगीको अवस्था हेरेर घाउ बनाएर वा प्वाल पारेर (ल्याप्रोस्कोपी विधिबाट) उपचार गरी केही दिनको आरामपछि निको हुन्छ।
छिटो उपचार भएन भने एपेन्डिक्सको वरिपरि मासु तथा आन्द्रा गाँजिएर डल्लो बन्न सक्छ। त्यस्तो परिस्थितिमा औषधि मात्र खाएर निको पार्नुपर्ने बाध्यता पर्न सक्छ। त्यस्तो बेला निको हुन समय लाग्ने भएकाले फुट्ने खतरा हुन्छ। एपेन्डिक्स फुटेमा उपचारमा झन् जटिलता थपिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
