आफ्नै आमाको ‘उजुरी’पछि राष्ट्र बैंककी निर्देशक ‘पक्राउ’

काठमाडौँ । नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी ‘पक्राउ’ परेकी छिन् । आफ्नै आमाको ‘उजुरी’मा निर्देशक रेग्मीलाई पहरीले पक्राउ गरेको हो। ८४ वर्षीया आमाको जाहेरीपछि आइतबार उनलाई कार्यालयबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।

आमाले आफ्नो माछापुच्छ्रे बैंकमा रहेको रकम र लकरमा रहेका सुनचाँदी छोरीले अनधिकृतरुपमा निकालेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन्।

Advertisement

उजुरीमा छोरीले आफूहरूको ३ करोड बढीको सम्पत्ति लगे पनि हेरचाह नगरेको उल्लेख छ। नेपाल राष्ट्र बैंककी निर्देशक रेग्मीविरुद्ध ज्येष्ठ नागरिक ऐन २०६३ अन्तर्गत कसूरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।

छोरी सुष्मा र ज्वाईं कमल रेग्मीले पाठेघर क्यान्सरले थला परेकी ८४ वर्षीय शोभा रिजालको माछापुच्छ्रे बैंक खाताबाट ६ करोडभन्दा बढी रकम कीर्ते हस्ताक्षर गरी निकालेको आरोप थियो ।

माछापुच्छ्रे बैंक र विराटनगरको सिर्जना फाइनान्समा रहेको खाताबाट कीर्ते सही गरी आफ्नै छोरीले ६ करोडभन्दा बढी रकम निकालेको उजुरी लिएर शोभा रिजाल महानगरीय प्रहरी परिसर टेकु, जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पटक–पटक धाइसकेकी थिइन्।

तर राष्ट्र बैंकको निर्देशक पदको तुजुक देखाउँदै छोरी सुष्माले प्रहरीमा उजुरी दर्ता गर्नबाटै रोक्दै आएकी थिइन् । काठमाडौंमा परिसरमा एसएसपी अशोक सिंह आएपछि भने वृद्धाको उजुरी दर्ता भयो । र, अहिले आएर छोरी पक्राउ परिन् । अब भने ८४ वर्षीया क्यान्सरग्रस्त आमा र अपाङ्गता भएकी दिदीले न्याय पाउने भएका छन् ।

More News last news
Loading...