काठमाडौँ । २० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री रेखा थापाको जीवनशैली बारे जान्न धेरैलाई इच्छा हुन्छ।
चलचित्रको पर्दामा देखिएकी रेखाको वास्तविक जीवन बारे जान्ने धेरै दर्शकको खुलदुली हुने गर्छ। आज हामी तपाईलाई अभिनेत्री रेखाको लाइफस्टाइलका बारेमा एक सामाग्री तयार पारेका छौँ ।
को हुन् त रेखा थापा ?
रेखा थापाको जन्म विसं २०३९ भाद्र ५ गते मोरङको सलकपुरमा भएको हो । उनी नेपाली चलचित्रकी अभिनेत्रीसँगै निर्मात्रीका रुपमा पनि चिनिन्छिन्। सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।
त्यसको २ वर्षपछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी गरिन्। हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन्।
सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन्। दर्जनौ सुपरहिट चलचित्र काली र हिम्मतवाली रामप्यारीलगायतको निर्माण गरेर दर्शनको मन जित्न सफल बनेकी छिन्।
भिडियोमा हेरौँ तिनै अभिनेत्री तथा निर्मात्री रेखा थापाको लाइफस्टाइलका बारेमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
