सप्तरी । पूर्व यूवराज पारस सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित प्रसिद्ध दुर्गा मन्दिरको दर्शन तथा पूजापाठ गरेका छन्।
उक्त अवसरमा उनलाई राजावादी तथा हिन्दूवादी धार्मिक संघ संगठनले स्वागत र अभिनन्दन गरेका हुन्।
एयर डाइनेष्टि हेलिकप्टरबाट बुधबार दिउँसो गएका पूर्व यूवराज दुर्गा मन्दिरमा विशेष पूजा गरेपछि श्रीराम हनुमान आराधना मण्डल तथा २०४७ सालको संविधान पुर्नस्थापना हाम्रो अभियान नामक संस्थाद्वारा संयुक्त रुपमा बरमझिया खेल मैदानमा आयोजित स्वागत तथा अभिनन्दन समारोहमा सहभागी भएको बताइएको छ।
मन्दिरबाट पैदलै कार्यक्रमस्थल पुगेका पूर्व यूवराज पारसले नागरिकहरुको स्वागत तथा अभिनन्दन ग्रहण गरेका थिए।
अभिनन्दनका अवसरमा जगतगुरु शंकराचार्य कृष्णदेव गिरी जी महाराजको समेत उपस्थिति रहेको थियो।
पूर्व यूवराज पारस बुधबारै साँझ तनहुँतर्फ प्रस्थान गरेको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
