काठमाडौँ । कीर्तिपुरमा खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ।
कीर्तिपुर नगरपालिका ६ टौदह सिकाली वाग्मती नदी किनारमा फार्मका लागि खनेको खाल्डोमा डुबेर ओखलढुङ्गा घर भइ टौदह खोला नजिक बङ्गुर पालन गर्दै आएका भीम र कृष्ण सुनुवारका ११ वर्षीय छोरा प्रशान्त र कृष सुनुवारको ज्यान गएको सोही वडाध्यक्ष न्हुच्छे बहादुर महर्जनले जानकारी दिए।
खेल्न गएका चार जना बालकमध्ये दुई जना भने सकुशल रहेका वडाध्यक्ष महर्जनले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
