अब वैशाख १ देखि ट्रायल पास हुनेबित्तिकै अस्थायी लाइसेन्स पाइने

काठमाडौँ । वैशाख १ देखि ट्रायल पास भएलगत्तै अस्थायी लाइसेन्स पाइने भएको छ। उक्त व्यवस्था लागु भएपछि हाल ट्रायल पास गरेको १ वर्ष बितिसक्दा पनि चालकले लाइसेन्स पाउन नसक्ने समस्याको अन्त्य हुने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट सवारी साधन सञ्चालन अनुमति पत्र लाइसेन्सको नयाँ व्यवस्था गर्ने भएको हो।

Advertisement

मन्त्रालयले विभागलाई यसैअनुसार निर्देशन दिएसँगै यो व्यवस्था विभागले वैशाख १ बाट लागु हुने भएको हो ।

लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि सेवाग्राहीको लामो लाइन, प्रक्रियामुखी परीक्षा र लाइसेन्स प्रिन्टिङको ढिलाइ आदि कारणले सरकारप्रति जनताको गुनासो रहेको स्वीकार्दै प्रधानमन्त्री ओलीले यस विषयमा चासो राख्दै ट्रायल परीक्षाको प्रक्रियालाई सहज र लाइसेन्स प्राप्त गर्ने अवधि छोटो बनाउन मन्त्रालयलाई निर्देशन दिएका थिए ।

More News last news
Loading...