सेनाका अधिकृतको अन्तिम नतिजा सार्वजनिक, जागिरमा को-को भए छनोट ?

काठमाडौँ । नेपाली सेनाका अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित गरिएको छ।

२०७६ माघ २३ गते गोरखात्रमा प्रकाशित विज्ञापनअनुसार ०७६/०७७/५३ अनुसार सिंस ६१ अधिकृत क्याडेट छनोट परीक्षाअन्तर्गत लिइएका विभिन्न चरणका परीक्षामा सहभागी उम्मेदवारको अन्तिम परीक्षाफलको नामावलीअनुसार १ सय २ जनाको नाम निकालिएको छ।

Advertisement

जसअनुसार सुदूरपश्चिम प्रदेशकी संगीता धामीले एक नम्बरमा नाम निकाल्न सफल भएकी छन्।

उत्तीर्ण उम्मेदवारलाई आगामी चैत १६ गते बिहान ११ बजे जंगी अड्डाको पश्चिमपपट्टि सैनिक केन्द्रीय पुस्तकालय अगाडीको खेलमैदानमा अधिकृत क्याडेट सुहाउँदो पोशाकमा उपस्थिति हुन पनि अनुरोध गरिएको छ।

प्रकाशित नतिजामा सिफारिस भएका अधिकृत क्याडेटलाई सम्पूर्ण प्रमाण पत्रका प्रतिलिपि, फोटो ३र३ का दरले छुट्टै नेपाली राखेर आउन पनि भनिएको छ।

 

More News last news
Loading...