ट्वीटरको नयाँ फिचर आउँदै, एपभित्रै यस्तो …

काठमाडौँ । माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्ला दिनमा नयाँ फिचर ल्याउनका लागि काम गरिरहेको छ। उक्त नयाँ फिचरसँगै ट्वीटर प्रयोगकर्ताहरुले ट्वीटरको एपभित्रै युट्युब भिडियो हेर्न सक्नेछन्।

ट्वीटरको प्लाटफर्ममा फोटो, टेक्स, जीआईएफ तथा भिडियो समेत सिधै हेर्न सकिन्छ। तर जब युट्युब भिडियो लिंकयुक्त ट्वीट हुन्छन् तब प्रयोगकर्ताले उक्त लिंकमै क्लिक गर्नुपर्दछ।

Advertisement

त्यसरी क्लिक गरेपछि मात्रै छुट्टै पेजमा गएर युट्युब भिडियो खुल्दछ। प्रयोगकर्ताको यहीँ हैरानीलाई मध्यनजर गर्दै ट्वीटरले नयाँ फिचर सुरु गर्न लागेको हो।

जस अनुसार अब ट्वीटर प्रयोगकर्ताहरुले ट्वीटर एपबाट बाहिर ननिस्किकनै युट्युब भिडियो हेर्न पाउनेछन्।

यो नयाँ फिचरको परीक्षण चलिरहेको बताइएको छ र हालका लागि आईओएस प्लाटफर्ममा परीक्षण भइरहेको छ।

More News last news
Loading...