काठमाडौँ । शरीरका विभिन्न भागबाट विभिन्न किसिमका आवाज आउने गर्छन्। जस्तै औंलाबाट चटकन, हड्डीबाट कट कट, पेटबाट गुडगुड। सामान्य रुपमा यी आवाजलाई हल्का रुपमा लिने गरिन्छ।
तर विज्ञका अनुसार शरीरका केही यस्ता आवाज गम्भिर रोगका संकेत पनि हुनसक्छन्। ती आवाजले तत्काल असर नदेखाएपनि विस्तारै विस्तारै शरीरलाई बढी खतरामा पार्ने गर्छन। त्यस्ता यस्ता आवाजलाई हल्का रुपमा लिनु हुँदैन।
काँधबाट कड्क कड्क आवाज
कयौँ पटक हलचल गर्दा वा अचानक हात माथि उठाउँदा यदी तपाईको काँधबाट कड्क कड्क आवाज आउँछ भने सावधान रहनुहोस् ।
यस्तो आवाज प्रायः काँधको जोर्नेबाट आउने गर्छ। विशेषज्ञका अनुसार लामो समयसम्म हातलाई उठाएर काम गर्दा मांशपेसीमा पीडा हुने गर्छ।
समान्यतः यस्ता आवाज आफै हराउने गर्छन । तर यस्तो आवाजले तपाईको काँधमा पीडा महशुस हुने गर्छ भने खतराको संकेत हुनसक्छ।
यसरी पीडा हुनुको कारण काँधको कार्टिलेजमा केही गडबड हुनसक्छ। यदी तपाईलाई प्रायः यस्तो पीडा हुनथाल्यो भने तुरुल्त चिकित्सको सल्लाह लिनु राम्रो हुने गर्छ।
गर्दनबाट टक टकको आवाज
गर्दनबाट टक टक आवाज आउनुको मतलब तपाईको उमेर धेरै हुनु होइन। वास्तवमा गर्दनको भाग कयौँ जोर्नीबाट मिलेर बनेको हुन्छ। गर्दनमा भएका कयौँ जोर्नेलाई फेसेट जोर्ने भनिन्छ।
हरेक जोर्नेमा द्रब भरिएको हुन्छ र क्याप्सुलले घेरिएको हुन्छ। गर्दनलाई घुमाउँदा झिल्लीमा तरङ्ग उत्पन्न हुन्छ र जोर्नमा परिवर्तन देखिन्छ।
यस्तो समस्या देखिनु स्वास्थ्यका लागि हानी कारण मानिन्छ। यस्तो समस्या लामो समयसम्म देखियो र तपाईलाई पीडा पनि महशुस भइरह्यो भने तुरुन्त चिकित्सको सल्लाह लिनु राम्रो मानिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
