काठमाडौं । सञ्चार जगतमा महत्वपूर्ण योगदान पुर्याएवापत पत्रकार आरती लम्साल सम्मानित भएकी छिन्।
जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनकी अध्यक्ष समेत रहेकी लम्साललाई सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले एक कार्यक्रमकाबीच सम्मानित गरेको हो ।
लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध लम्सालले यसअघि एभिन्यूज टेलिभिजन, गोरखा एफएम, क्याल्सिक एफ.एम, द हिमालयन टाईम्स लगायतका थुप्रै मिडियामा काम गरिसकेकी छिन् भने हाल अमेरिकाबाट प्रकाशित हुने द न्यूयोर्क सिटी पोष्ट र बिएफबिएस गोर्खा रेडियोमा आबद्ध छिन् ।
लम्सालले पछिल्लो समय पत्रकारितासँगै जातीय विभेद विरूद्ध र महिला अधिकारको समेत अभियान समेत चलाईरहेकी छन् । उनले यसअघि डा. भिमराव अम्वेडकर अवार्ड, कमल कार्की स्मृती पुरस्कार लगायतका पुरस्कारबाट समेत सम्मानित भईसकेकी छिन् ।
कार्यक्रममा लम्साल सहित संयुक्त अपाङ्गता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियानकर्मी केपी खनाल र रञ्जु राई, महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, व्यापारी सिद्धार्थ गुरुङ, रामनारायाण घिमिरे, समाजसेवी विमल पन्त, नीता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा रानामगर, उत्तम सञ्जेल र लिली थापालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले समाजसेवामा तल्लीन व्यक्ति तथा संस्थालाई सामाजिक रुपान्तरणका लागि सिजन मिडियाले गरेको सहयोग सराहनीय रहेको बताए ।
सिजन मिडियाका संस्थापक प्रदीपराज वन्तले स्वदेश तथा विदेशमा रही मातृभूमिको सेवामा समर्पित समाजसेवीलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
