मकवानपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन्।

आज बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए।

Advertisement

दुर्घटनामा मृत्यु हनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५/४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बस चालक थापा र सुनिल कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुश्वाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा बस र ट्रकका सवार घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...