टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना, ११ जनाको ज्यान गयो

काठमाडौँ । टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ।

दक्षिण पूर्वी बिट्टालिस प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा ११ जना सैनिकको ज्यान गएको र २ जना घाइते भएका त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै अलजजिराले जनाएको छ।

Advertisement

हेलिकप्टर दुर्घटनाको कारण खुल्न बाँकी छ। ज्यान गुमाउनेमा सेनाका उच्च अधिकारीसमेत रहेको खबरमा उल्लेख छ।

More News last news
Loading...