काठमाडौँ । सर्जक डाक्टर विष्णु मूर्ति भट्टराईको नयाँ गीत ‘घरबार’ सार्वजनिक भएको छ। उक्त गीतमा गायिका अस्मिता अधिकारी र गायक दिप गज्मेरले स्वर दिएका छन्। दिपकराज विश्वकर्माको संगीत तथा एरेन्ज रहेको घरबार बोलको गीतमा र्यापर जगत तिरुवाले पनि साथ दिएका छन्।
गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ। मुनाल शिशिर कोइरालाले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा चक्र बम, सिर्जना जिसी, सुरेन्द्र बस्यालको नृत्य रहेको छ। भिडियोलाई सिलाम लम्सालले सम्पादन गरेका हुन भने सुरेन्द्र बस्यालले कोरियोग्राफी गरेका छन्।
गीतमा प्रेमीले प्रेमिकालाई सुख दु:ख घरबार गरी सँगै बस्न आग्रह गरेका छन्। तर प्रेमिकाले भने देखाउनलाई घरबार गर्ने प्रेमीको भरमा कसरी पर्ने भन्दै शंका व्यक्त गरेकी छन्। प्रेममय भावले ओतप्रेत रहेको यो गीत एस थ्रि के इन्टरटेनमेन्ट प्रालिको अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
