अफगानिस्तानमा तीन महिला पत्रकारको गोली हानी हत्या

एजेन्सी । अफगानिस्तानको जलालावादमा तीन जना सञ्चारकर्मी महिलाको गोली हानी हत्या गरिएको छ। तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ।

स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ। घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेपनि कसैले पनि घटनाको जिम्मा नलिएपनि तालिवानीले आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन्।

Advertisement

पछिल्लो एक वर्षयता तालिवानी लडाकूहरुले विभिन्न क्षेत्रका व्यक्तिमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

गत महिना मात्र सर्वोच्च अदालतका दुई जना न्यायाधीशमाथि राजधानी काबुलमा गोली हानिएको थियो।
यता राष्ट्रपति अशरफ घानीले तालिवानी विद्रोहीलाई नियन्त्रणयमा लिन सरकार लागिपरेको बताएका छन् । उनले तालिवानीले देश कब्जा गर्न नसक्ने दावी गरे।

अमेरिकाले यसअघि गरेको सम्झौता अनुसार आफ्ना सेना फिर्ता बोलाउने र अफ्गान सरकारको नियन्त्रणमा रहेका तालीवानी लडाकूहरु रिहा भएपछि तालिवानीहरुले पुन आक्रमणलाई तीव्र पारेका हुन्।

अमेरिकामा अझै २ हजार पाँच सय भन्दा बढी अमेरिकी सेना कार्यरत छन्।

More News last news
Loading...