विराटनगर । मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका रमेश गिरी धरौटीमा छुटेका छन्।
गिरीलाई आदालतले एक लाख धरौटीमा रिहा गर्न आदेश दिइएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।
धमालाका अनुसार न्यायाधीश सुदर्शन लामिछानेको इजलासमा सोमबार भएको थुनछेक बहसपछि उक्त आदेश दिएका हुन् ।
उर्लाबारी–६ का रमेश गिरीलाई जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार उर्लाबारीबाट पक्राउ गरेको थियो ।
गिरीको घरमा डेरा लिएर बसेका साथीको कोठामा सुतेकै रात उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय बास्तोलाको गत पुष ५ गते शंकास्पद अवस्थामा शव भेटिएको थियो ।
प्रहरीले प्रवीणको हत्या आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। उक्त मुद्दाका प्रतिवादीहरू उर्लाबारी–६ का राजेश रणपहेली, सुदी परियार, दीपेश पौडेल र रमेश गिरी फरार छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
