काठमाडौँ । अनुहारमा अनेकन संकेत हुन्छ, जसले हाम्रो स्वास्थ्यस्थिती दर्शाउँछ। अनुहारको विभिन्न भागमा देखिने भिन्न९भिन्नै किसिमको संकेतले भन्छ, स्वास्थ्यमा कहाँ गडबडी छ।
यसलाई थाहा पाउनका लागि के गर्ने त ?
निधारको संकेत
यसले पित्ताशय वा कलेजोको समस्याका अलावा पाचनक्रियामा गडबडीतर्फ संकेत गर्न सक्छ । निधार हाम्रो स्नायु प्रणाली र पाचनतन्त्रसँग जोडिएको हुन्छ।
कुनै प्रकारको तनाव वा पाचनक्रियामा गडबडीको सोझो असर निधारमा रहेका रेखाहरु वा डण्डीफोरका रुपमा प्रकट हुन्छ।
सुझावः हरेक बिहान मनतातो पानीमा कागति निचोरेर पिउनुपर्छ । भुटिएका खाना र फ्याटको मात्रा कम गर्नुस । तनावबाट टाढा रहनका लागि ध्यान वा योगा गरौं।
आँखाको संकेत
आँखाले आन्द्रा वा जोर्नीको समस्याहरुका अलावा कलेजो-मृगौला र थाइराइडको समस्यालाई संकेत गर्छ।
भनिन्छ, आँखाले बोल्छ। त्यसैले त आँखाको रंग, त्यसमा हुने परिवर्तन, कुनै प्रकारको धब्बाले हामीलाई आफ्नो स्वास्थ्यप्रति सचेत राख्छ।
आँखाको कालो भागः यदि खुम्चिइरहेको छ भने त्यसको कारण जोर्नीको समस्याहरु हुन सक्छ । त्यसमा सेतो दाग देखिएको छ भने शरीरमा भिटामिनको कमि हुन सक्छ।
आँखाको कालो भागको दायाँ बायाँ सेतो रिंङ देखियो भने त्यसले ब्लड सुगर र कोलस्ट्रोल बढेको संकेत गर्छ । त्यसैले यसका लागि खानामा नून वा चिनीको मात्रा कम गरौं।
परिवर्तित रंगः आँखा यदि रातो भयो भने यसको अर्थ अटो प्रतिरक्षा प्रणाली कमजोर हुनसक्छ। साथै यसले डिप्रेसनको पनि संकेत गर्छ। आँखाको पहेँलोपनका कारण कमजोर कलेजो वा कलेजोको बिमारी हुन सक्छ।
आँखामुनि डार्क सर्कलः आँखामुनि डार्क सर्कल देखिनुले निद्रा पुरा नभएको, रगतमा आइरनको कमि, किडनीमा गडवडी आदि हुन सक्छ।
सुझाव आँखाको पुतलीको स्वास्थ्यका लागि खानामा नुन वा चिनीको मात्रा कम गर्नुपर्छ। आँखाको रंग बदलियो भने तुरुन्तै डाक्टरलाई सम्पर्क राख्नुपर्छ।
डार्क सर्कल हटाउन पानी बढिभन्दा बढि पिउनुपर्छ। खाना राम्ररी चबाएर खानुस र ६र८ घन्टा आनन्दले निदाउनुस। डेरी प्रोडक्ट र गहुँबाट केही समय टाढा रहनुस।
अनुहारको संकेत
के हुन सक्छ स्वास्थ्य समस्याः सुस्त मेटाबोलिज्म, पोषक तत्वहरुको कमि, मुटु वा कलेजोको समस्या आदितर्फ संकेत गर्छ।
अनुहार रंगः गालाहरुको रंग उड्नु वा गाला फुस्रो देखिनुको कारण मेटाबोलिज्मको सुस्तता, वा फोलिक एसिड र आइरनजस्ता पोषक तत्वका कमीले हुन सक्छ।
यसका अलावा गाला फोक्सो वा मुटुको क्रियाहरुसँग जोडिएको हुन्छ । यसैले यिनीहरुको अवस्था गालामा झल्किन्छ जस्तो कि यदि कडा एक्सरसाइज गर्ने हो भने गाला रातो भइदिन्छ।
कोठी, डण्डीफोरः फोक्सोको कमजोरी, हार्मोनल परिवर्तन, एलर्जी, पाचनक्रियामा गडबडी तथा रगत सुद्धिकरण ठिक नभएर पनि गालामा कोठी तथा डण्डीफोर आउँछन्। यसका अलावा फोहोर मोबाइल फोन, फोहोर तकिया र तन्ना पनि डण्डीफोरका कारण बन्न सक्छन्।
सुझावः गालाले फोक्सोलाई दर्शाउँछ, त्यसैले गालाको गुलाबी रंग कायम राख्न चाहनु हुन्छ भने फोक्सोर्लाइ स्वस्थ्य राखौं । खानामा गुड फ्याट्सलाई समावेश गर्नुपर्छ।
दैनिक श्वासप्रश्वाससम्वन्धि व्यापाम गर्नुस। मोबाइल फोनलाई सफा राखौं। लामो समय कुरा गर्नु छ भने एयरफोन प्रयोग गर्नुपर्छ। ओछ्यानको तन्नालाई सफा राखौं र अनुहारलाई बारम्बार छुनु हुँदैन।
नाकको संकेत
के हुन सक्छ स्वास्थ्य समस्याः मुटुसम्वन्धि समस्याहरु वा फोक्सोको समस्याहरु।
कोठी–डण्डीफोरः नाकमा आउने कोठी वा डण्डीफोरका कारण उच्च रक्तचाप वा मुटुरोग हुन सक्छ।
रातो नाकः यदि नाक बारम्बार रातो हुन्छ वा सिगान बग्छ भने त्यसको कारण मुटु रोग, उच्च रक्तचाप वा कलेजोको समस्या हुन सक्छ।
सुझावः खानामा फ्याटी एसिडयुक्त एभोकेडो, आलस, जैतुनको तेल आदि समावेश गरौं । र, मसलायुक्त खानाबाट टाढा रहनुपर्छ।
जिब्रोको संकेत
के हुन सक्छ स्वास्थ्य समस्याः टक्सिनको बढोत्तरी वा कलेजोको समस्याहरु। जिब्रोमा अत्यधिक सेतो धब्बाको मतलब हो शरीरमा टक्सिनको मात्रा बढ्नु।
के हुन सक्छ स्वास्थ्य समस्याः हार्मोनको असन्तुलन
महिनवारीका क्रममा धेरै महिलाहरुको चिउँडोको आसपास कोठीरडण्डीफोर आउँछन्। यो शरीरमा हुने हार्मोन्सको असन्तुलनका कारण हुन सक्छ।
सुझावः तनावबाट टाढा रहनुस, भरपूर निदाउनुस र नियमित एक्सरसाइज गरौं ।
ओंठको संकेत
के हुन सक्छ स्वास्थ्य समस्या स् आन्द्राको समस्याहरु, भिटामिन बीको कमी, रगतको कमी, डिहाइड्रेसन, फोक्सो वा मुटुसम्वन्धी समस्याहरु आदि ।
ओठ सुन्निनेः यसको कारण आन्द्रा सुन्निने वा जलन हुन सक्छ । यसका अलावा योउ फुड सेन्सिटिभीटीको कारण पनि हुन सक्छ।
सुकेको ओठः सुकेको र फुस्रो ओँठले इशारा गर्छ कि तपाईंलाई डिहाइड्रेसन, भिटामिन बीको कमी वा आइरनको कमी हुन सक्छ।
ओठ यदि गुलाबी हुनुको साटो पहेलोँ हुन थाल्यो भने सम्झनुपर्छ कि शरीरमा रगतको कमि छ। कमजोर फोक्सोका कारण जब हृदयसम्म पर्याप्त अक्सिजन पुग्न सक्दैन, त्यतिबेला पनि त्यसको असर सुख्खा ओठको रुपमा देखिन्छ।
फुटेको ओठः ओठ फुट्नुको कारण कुनै प्रकारको एलर्जी हुन सक्छ वा कस्मेटिक प्रोडक्टको साइड इफेक्ट हुन सक्छ।
सुझावः दैनिक ८र१० ग्लास पानी पिउनुपर्छ । यो डिहाइड्रेसनका कारण होइन भन्ने लाग्छ भने डाक्टरलाई भेटौं।
मुखको संकेत
के हुन सक्छ स्वास्थ्य समस्याः कमजोर कलेजो, डाइबिटिज, पाचनक्रियामा गडबडी, तनाव आदि।
सासको दुर्गन्धः यदि मुखको राम्ररी स्याहार गर्दा पनि तपाईंको सासको दुर्गन्ध छुटेन भने यसको कारण पेट खराब, अपच वा कलेजोको समस्या हुन सक्छ।
मुख सुक्नुः मुख सक्नुको कारण धेरै हुन सक्छ। डिहाइड्रेसन, अत्यधिक अल्कोहल, धुम्रपान, आदि। त, साथसाथै यो डाइबिटिजको प्रारम्भिक लक्षण पनि हुन सक्छ।
सल्लाहः सासको दुर्गन्धका लागि डेन्टिस्टसँग भेट्नुपर्छ भने डाइविटिज पत्ता लगाउनका लागि फिजिसियनसँग भेट्नुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
