दक्षिण एसियामा नेपाल दोस्रो शान्त मुलुक

काठमाडौँ । दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको एक अध्ययनले देखाएको छ।

ग्लोवल पिस इन्डेक्सले गरेको अध्ययन अनुसार दक्षिण एसियाका सात मुलुकहरुमध्ये नेपाल दोस्रो शान्त मुलुक भएको देखाएको हो। अध्ययनमा माल्दिभ्सको बारेमा भने कुनै उल्लेख गरिएको छैन।

Advertisement

ग्लोवल पिस इन्डेक्स २०२० अनुसार यस क्षेत्रको पहिलो शान्त मुलुक भुटान हो भने सबैभन्दा धेरै अशान्त मुलुक अफगानिस्तान हो।

सो संस्थाको विश्वव्यापी श्रेणीमा भुटान १९ औं स्थानमा रहेको छ भने नेपाल ७३ औं स्थानमा छ। सन् २०१९ मा नेपाल ७६ औं स्थानमा थियो।

दक्षिण एसियाका अन्य मुलुकहरुमा भारत १३९ औं, पाकिस्तान १५२, बंगलादेश ९७, श्रीलंका ७७ र अफगानिस्तान १६३ औं स्थानमा रहेका छन।

समग्रमा सन् २०२० मा दक्षिण एसियामा शान्तिको वातावरणमा केही खल्बलिएको सो अध्ययनले उल्लेख गरेको छ।

More News last news
Loading...