गर्भावस्थामा यसकारण पिउनुपर्छ पर्याप्त पानी, नत्र समय अगावै जन्मिन्छ बच्चा

काठमाडौँ । गर्भावस्थामा महिलाको शरीरमा धेरै किसिमका परिवर्तन आउँछन्। यी परिवर्तनका साथ शरीरको आवश्यकता पनि बढ्छ। त्यसैले गर्भावस्थामा पर्याप्त पानी पिउनुपर्छ। यसले आमा र गर्भको बच्चा दुवैलाई स्वस्थ्य राख्छ।

पानीको मात्रा कम भयो भने गर्भ रहेको बच्चाको विकासमा समस्या आउन सक्छ। त्यसैले चिकित्सकहरू भन्छन्, गर्भवतीले तीनदेखि चार लिटर पानी पिउनु आवश्यक छ।

Advertisement

बच्चाको शरीर बन्ने क्रममा आमाका भित्री अंगहरूको धेरै उर्जा खपत हुन्छ। यस क्रममा आमाको शरीरमा पानी बढी आवश्यक हुन्छ। पानीले ‘ब्लड सेल्स’को विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। साथै बच्चालाई पर्याप्त पोषण दिन र गर्भमा उसको विकासका लागि पनि पानी अत्यन्त जरुरी हुन्छ।

कम पानीका कारण डेलिभरीमा गम्भीर समस्या आउन सक्छ। कम पानीले आमाको स्तनमा दूधको विकासमा पनि प्रभाव पार्छ। कम पानी पिउने आमाहरूका पर्याप्त दूध नबन्न सक्छ।

पानी कम पिउँदा ‘डिहाइड्रेसन’को समस्या हुन्छ। पानीको कमीले गर्दा गर्भवतीलाई टाउको दुख्ने, हातगोडा सुन्निने, रिंगटा लाग्ने, पेट दुख्ने आदि समस्या उत्पन्न हुन सक्छ। यसको प्रभाव गर्भवतीमा मात्र नभएर पेटको बच्चामा पनि पर्छ।

कम पानी पिउने महिला समयअघि नै सुत्केरी हुनसक्ने सम्भावना बढी हुन्छ। बच्चाको पूर्णरूपमा विकास नभइसकेको हुँदा यो खतरनाक हो।

गर्भवस्थामा यूरिनरी ट्रेक्ट इन्फेक्सनको खतराबाट बच्न पर्याप्त पानी पिउनु आवश्यक हुन्छ जसले गर्दा शरीरमा बन्ने विषाक्त पदार्थ र हानिकारक ब्याक्टेरिया पिसाबको माध्यमबाट बाहिर निस्कियोस्।

पानी मात्रै पिउँदा दिक्क लाग्छ भने फलफूलको ताजा जुस, मोही आदि पिउन सकिन्छ। तर, तरल पदार्थको नाममा बजारमा पाइने पेय पदार्थ पिउनु हुँदैन। किनकी यसले दुवैको शरीरलाई हानि पुर्याउन सक्छ।

More News last news
Loading...