रूबिना दिलैकले जितिन् १४ औँ संस्करणको बिग बोसको उपाधि

काठमाडौँ । भारतीय चर्चित रियालिटी शो बिग बोसको १४औँ संस्करणको उपाधि रुबिना दिलैकले जितेकी छन् ।

रुबिनाले उपाधिसँगै ३६ लाख (भारु) नगद पुरस्कार जितेकी छन्। टेलिभिजन सिरियलमा अभिनय गर्दै आएकी रुबिनाका छोटी बहू, शक्तिसहितका सिरयल सफल मानिन्छन्।

Advertisement

यस्तै राहुल वैद्य यो सिजनको बिग बोसको फस्ट रनर–अप भएका छन्। उनी यसअघि इन्डियन आइडलको पहिलो सिजनमा पनि रनर–अप बनेका थिए।

शो का सञ्चालक सलमान खानले आइतबार बेलुका विजेताको घोषणा गर्नु पूर्व फाइनलमा पुगेका सबै प्रतियोगीलाई १४ लाख भारु लिएर शो छोड्न सक्ने विकल्प दिएका थिए। राखी सावन्तले १४ लाख भारु लिएर शो छोडिन्।

More News last news
Loading...