बागमतीसहित तीनवटा प्रदेशमा छिटफुट वर्षा र हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर मौसम सामान्य बदली भइ बाँकी केही स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली भएर छिटफुट वर्षा र हल्का हिमपात हुने र बाँकी भागको मौसम सफा रहनेछ।

Advertisement

काठमाडौंमा पनि मौसम सफा रहने महाशाखाले जनाएको छ। काठमाडौँको आज बिहानको न्यूनतम् तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २३ देखि २५ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ।

आज बिहान सूर्योदय ६ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ।

यस्तो छ तीनदिने मौसम पूर्वानुमान

फाल्गुन ०८ गते (शनिवार)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

फाल्गुन ०९ गते (आइतवार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

फाल्गुन १० गते (सोमवार)

दिउँसो : देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ।

राती: देशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहनेछ।

More News last news
Loading...