काठमाडौँ । महानगरीय प्रहरी परिसर ललितपुरले जुवा खेलिरहेका १७ जनालाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको छ।
प्रहरीले उनीहरुको साथबाट ३० लाख ८४ हजार रुपैयाँसमेत बरामद भएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी किरण बज्राचार्यले बताइन्।
प्रहरीले जुवाखालबाट कौडा र तास समेत बरामद गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
