इलाम । सरस्वती पूजाको अबसरमा चुलाचुली गाउँपालिका–१ अबस्थित श्री जनता माविको प्रांगणमा नवनिर्मित विधाकी देवी सरस्वती माताको मन्दिर उत्घाटन भएको छ।
चुलाचुली–२१बाहिनी अड्डाका बाहिनीपति विजय थापाको प्रमुख आतिथ्यमा उनको हस्तबाहुलीबाट उक्त मन्दिर उत्घाटन भएको हो।

बिद्यालय ब्यबस्थापन संघको अधक्ष्य श्री तान्छोहाङ् आङ्देम्बे सभापतित्वमा आयोजित कार्यक्रममा स्थानीय बुद्धिजिबी समाजसेवी, शिक्षा प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो।
चुलाचुली–१ कमल निवासी स्व: बिष्णुप्रसाद मैनालीको स्मृतिमा उनको परिवारद्वारा उक्त मन्दिर आजको मितिबाट बिद्यालय परिवारलाई हस्तान्तरण गरिएको हो।
मन्दिर हस्तान्तरण तथा उत्घाटन कार्यक्रममा बोल्दै स्व बिष्णु प्रसाद मैनालीका छोरा प्रकाश मैनालीले बिद्यालय प्रांगणमा सरस्वति मन्दिर स्थापना अनुमति दिएकोमा सम्पूर्ण मैनाली परिवारलाइ धेरै खुशी भएको बताए।

उनका अनुसार मन्दिर बनाउन करिब ३ लाख खर्च भएको बताए। कार्यक्रममा मन्दिर बनाई दिने मैनाली परिवारलाइ बिद्यालयका प्राध्यापक हरि दाहालले बधाई तथा शुभकामना दिएका थिए।
कार्यक्रममा बिद्यालयका छात्र–छात्राहरुले सरस्वती पुजा गर्नुको साथै सा-साना बालबालिकाहरुलाई अक्षराम्भ पनि गराएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
