‘विन्ध्यवासिनी लाइफटाइम एचिभमेन्ट अवार्ड २०७७’ गायक योगेशलाई

विन्ध्यवासिनी रत्न २०७७ त्रिपाठी र पत्रकारिता सम्मान वाग्लेलाई

काठमाडौँ । विन्ध्यवासिनी फाउण्डेसनले आगामी चैतमा काठमाडौँमा आयोजना गर्न लागेको एघारौँ संस्करणको ‘विन्ध्यवासिनी म्यूजिक अवार्ड २०७७’मा गायक योगेश वैद्यलाई ‘विन्ध्यवासिनी म्युजिक लाइफटाइम एचिभमेन्ट अवार्ड २०७७’बाट सम्मान गर्ने भएको छ।

राजधानीमा शनिबार भएको फाउण्डेसनको सातौं वार्षिक भेलाले वैद्यलाई उक्त अवार्डबाट सम्मान गर्ने निर्णय गरेको हो । यो सम्मानको राशी एक लाख रुपैंयाँ रहेको छ।

Advertisement

भेलाले गायिका कुन्ती मोक्तानलाई ५० हजार रुपैंयाँ राशीसहितको ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०७७’बाट सम्मान गर्ने निर्णय गरेको छ।

विन्ध्यवासिनी संगीत रत्न २०७७ त्रिपाठी र कला पत्रकारिता सम्मान वाग्लेलाई

गायिका माण्डवी त्रिपाठीलाई २५ हजार रुपैयाँसहित ‘विन्ध्यवासिनी संगीत रत्न सम्मान २०७७’बाट सम्मान गर्ने निर्णय गरेको छ।

भेलाले पत्रकार अनन्त वाग्लेलाई ‘विन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान २०७७’ बाट सम्मान गर्ने निर्णय गरेको छ। यो सम्मानको राशी २५ हजार रुपैंयाँ रहेको छ।

                                             माण्डवी त्रिपाठी
More News last news
Loading...