टोकियो, जापान । जापानको फुकुशिमा प्रिफेक्चर केन्द्रबिन्दु भएर शनिबार राति शक्तिशाली भूकम्प गएको छ।
जापानको मेटोरोलोजिकल एजेन्सीका अनुसार आज राती ११ बजेर ८ मिनेट जाँदा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।
शक्तिशाली भूकम्प गएपनि सुनामीको चेतावनी भने जारी गरिएको छैन। तथापी भूकम्पको केन्द्र रहेको क्षेत्र फुकुसीमा प्रिफेक्चर र दक्षिण मियागी प्रिफेक्चरको समुन्द्रतट क्षेत्रमा सामुन्द्रिक छाल आउनसक्ने चेतावनी जारी गरिएको छ।
सो क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। केही स्थानमा मानिसहरुलाई अग्लो भागमा जान स्थानीय रुपमा आग्रह गरिएको छ।
भूकम्पको कम्पन राजधानी टोकियोसहित ठूलो क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको अपडेट भने आउन बाँकी छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
