एजेन्सी । भारतको एक पटाका उद्योगमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ। शुक्रबार तमिलनाडु प्रदेशको भृदुनगर जिल्लामा भएको आगलागीमा अन्य ३४ भन्दा बढी घाइते भएका छन्।
यो घटना यस वर्षकै यस प्रदेशकै सवैभन्दा ठूलो नराम्रो घटना भएको अधिकारीहरुले जनाएका छन्। स्थानीयअधिकारी आर कन्नानले मृतकको संख्या अझै बढी हुन सक्ने बताए।
उनका अनुसार केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने छ। कन्नानले दिएको जानकारी अनुसार आगलागी भएका बेला उद्योगमा झण्डै ७४ जना मानिस रहेका थिए।
स्थानीय सञ्चार माध्यमहरुले आगलागी भएको उद्योग अवैध तरिकाले सञ्चालन भईरहेको बताएको छ। प्रहरीले अहिले उद्योगका बारेमा र आगलागीको घटनाका बारेमा अनुसन्धान गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
