काठमाडौँ । स्तन क्यान्सर एउटा त्यस्तो रोग हो जुन अहिले विश्वमा फैलिइसकेको छ । स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुन्छ । स्तनमा गिर्खाहरू आए पनि रोग लुकाउने प्रवृत्ति व्याप्त छ । लाज तथा संकोचका कारण अधिकांश महिलाहरू स्तन परीक्षण गराउन अस्पताल जाँदैनन् र अन्तिम अवस्थामा स्वास्थ्य सेवा खोज्छन् ।
यसको लक्षण शुरुआतमा देखिदैन । तर सेल्फ एग्जामिनेशन और मैमोग्राम जाँच गरेर यसको पत्त लगाउन सकिन्छ । अलग९अलग महिलाहरुमा स्तन क्यान्सरको लक्षण पनि अलग पाइने गर्छ ।
१.मोटोपन बढ्दै जानु
महिलाहरुमा मोटोपन बढ्दै जानु पनि स्तना क्यान्सरको कारण बन्न सक्छ । शरीरमा अधिक मात्रामा हार्मोन्स फ्याट बढी हुन जान्छ । अधिक फ्याट जब शरीरमा जमा हुन थाल्छ तब एस्ट्रोजेनको लेवल कम हुन गई क्यान्सरको खतरा बढ्छ ।
२. स्तनपान नगराउनु
अधिकांश महिलाहरुले आफ्नो शरीर बिग्रन्छ भनेर बच्चालाई स्तनपान गराउँदैनन् । यस्ता महिलाहरुमा स्तन क्यान्स्रको खतरा झनै बढी रहन्छ । स्तनपान गराउनाले हार्मोन्समा सन्तुलन हुन्छ जबकि जो महिलाले स्तनपान गराउदैनन् उनीहरुमा हर्मोन्सको सन्तुलन बिग्रन्छ । जसले गर्दा स्तन क्यान्सरको खतरा बढ्दै जान्छ ।
३. खानपानमा ध्यान नराखनु
जुन महिलाले आफ्नो खानपानमा ध्यान राख्दैनन् उनीहरुको स्तनमा ट्यूमर बन्ने खतरा धेरै हुन्छ । धेरै गुलियो खानेकुरा, केचअप, स्पोर्टस ड्रिंक, चकलेट मिल्कसहित चिनीयुक्त खानेकुराले स्तन क्यान्सरको कोशिकाहरुलाई बढाउन मद्दत गर्छ । यसैगरि प्रोसेस्ड फूड पनि स्तन क्यान्सरको खतरा बन्न सक्छ । त्यसैले यस्ता खानेकुराहरु त्याग्न जरुरी छ । फास्ट फूड जस्तै, बर्गर, फ्रेंच फ्राइज, चाट, रेड मीट आदीले स्तन क्यान्सरको खतरा झनै बढाउँछ ।
४. लामो समयदेखि गर्भनिरोधक औषधिको सेवनले
यदी तपाई लामो समयदेखि गर्भनिरोधक औषधि खाने गर्नुहुन्छ भने यसले तपाईमा स्तन क्यान्सरको खतरा ५० प्रतिशतसम्म बढ्छ । यस्ता औषधिहरुमा एस्ट्रोजनको मात्रा धेरै हुन्छ । जुन शरीरमा चाहिने भन्दा बढी भयो भने स्तन क्यान्सर खतरा बढ्न जान्छ । यति मात्र नभई जन्मदर नियन्त्रण थर्न लगाइने सुई या अन्य उपायहरुले पनि स्तन क्यान्सरको खतरा बढ्छ । यस कारण यस्ता औषधि धेरै लामो समयसम्म प्रयोग गर्नबाट जोगिनु पर्छ ।
५. प्लास्टिकको प्रयोग धेरै गर्नु
घरमा बसदा होस् या बाहिर निस्केको बेला प्लास्टिकको बोतलमा पानी पिउँनु र यसबाट बनेका खाना कुरा खानाले पनि स्तन क्यान्सर हुन सक्छ । किनभने प्लास्टिकमा इंडोक्राइन डिसरप्टिंग कैमिकल जस्ता रसायन हुन्छ जसले शरीरको हार्मोनल सिस्टमलाई नोकसान गर्छ ।
६.व्यायामबाट टाढा भाग्नु
जो महिलाले व्यायाम गर्न अल्छी गर्छन् उनीहरुमा स्तन क्यान्सरको खतरा अधिक मात्रामा हुन्छ । महिलाहरुमा व्यायाम गर्न एकदमै जरुरी छ । यदी तपाई लामो समयसम्म व्यायाम गर्न मन पदैन भने हरेक दिन आधा घण्टा जति व्यायाम गर्न सक्नुहुन्छ । यसबाट तपाईलाई पेट र कम्मरको माटोपनबाट मद्दत मिल्छ ।
७. मध्यपान र धुम्रपानकामे लत
विश्व स्वास्थ्य संगठनको रिपोर्टका अनुसार रक्सि र चुरोटको सेवनले स्तन क्यान्सरको ८५ प्रतिशत बढ्रन जान्छ । रक्सिले महिलाहरुमा सेक्स हार्मोनको स्तर बढाउँछ । जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएशनको रिपोर्ट अनुसार रक्सिको सेवनले स्तनमा ट्यूमरलाई बढाउन पनि मद्दत गर्दछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
