काठमाडौं । दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ।
अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार हिजो साँझ लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा ७ दशमलब ७ म्याग्नेच्युडको भूकम्प गएको हो।
लगत्तै ६ म्याग्नेच्युड हाराहारीका थुप्रै पटक पराकम्प गएको जनाइएको छ। न्यूजिल्याण्डदेखि इन्डोनेसियासम्म धक्का महसुस गरिएको भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन।
अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामी आउन सक्ने चेतावनी दिएको छ। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
