चोटले मात्र हैन यस कारण पनि गुम्नसक्छ स्मरणशक्ति, यसरी सकिन्छ बच्न

काठमाडौँ । के तपाईं ढोका बन्द गरे पनि पटक-पटक जाँच गर्नुहुन्छ रु या कुनै काम गरेर पनि केही समयपछि पत्तो पाउनुहुन्न।

कहिलेकाहीँ यस्तो हुनु सामान्य हुन सक्छ। तर, पटक-पटक यस्ता क्रियाकलाप दोहोरियो भनेचाहिँ राम्रैसँग सोच्नुपर्ने हुन्छ। मस्तिष्क अर्थात् दिमाग निकै ठूलो उपहार हो। स्मरण दिमागसँग जोडिएको हुन्छ।

Advertisement

स्मरणशक्ति कमजोर हुनु वा बिर्सनुको मुख्य कारण एकाग्रताको कमी हो। नियमित यस्तो समस्या देखिएमा मस्तिष्कको रिकल प्रोसेसका लागि आवश्यक पोषण तत्वको कमीले पनि हुन सक्छ।

स्मरणशक्ति बढाउन

स्मरणशक्तिलाई तीव्र बनाउन पातदार तरकारीको प्रयोग गर्न सक्नुहुन्छ । भिटामिन बी–१ र बी–१२ युक्त खाद्यपदार्थको नियमित प्रयोग गर्नुस्।

त्यस्तै, खानामा नियमित घ्यूको प्रयोगले पनि स्मरणशक्ति बढाउने काम गर्छ। प्रत्येक दिन एक गिलास दूध, बदाम, एबोकाडो, माछाको प्रयोगले पनि स्मरणशक्ति मजबुत बनाउन भूमिका खेल्छ।

स्मरणशक्ति बढाउन योग पनि महत्वपूर्ण साबित हुन सक्छ। योगले मानसिक स्वास्थ्यमा सकारात्मक योगदान पु-याउने गर्छ।

नियमित व्यायाम गर्दा पनि मस्तिष्कको रक्तरसञ्चारमा वृद्धि हुन्छ र स्मरणशक्ति बढ्दै जान्छ। पूरै निद्रा सुत्नुस्। पूरै निद्रा सुत्दा पूरै दिनको घटना दिमागमा सहजै बस्न मद्दत पुग्छ।

तनावबाट टाढा रहनुस्। मनोरञ्जन गर्नुस्। साथी र परिवारसँग समय बिताउनुस् वा त्यस्तो काम गर्नुस् जुन कामले तपाईंलाई खुसी मिल्छ।

स्वस्थ भोजनको कमी

भारी मात्रामा खाना खानुलाई मानसिक स्वास्थ्यका लागि त्यति राम्रो मानिदैन। यसका अतिरिक्त मसलेदार र तेलयुक्त खानाले पनि स्वास्थ्यमा हानि पु-याउँछ।

मस्तिष्कलाई असर पु-याउने अर्को बानी भनेको अत्यधिक सेवन हो। यसले पनि स्मरणशक्तिलाई कमजोर बनाउन भूमिका खेल्छ।

मासु र प्रोसेस्ड खाद्यपदार्थको प्रयोगले मस्तिष्कको क्रियाकलापमा हानि पु-याउने काम गर्छ। भिटामिन बी-१ र बी-१२ को कमीका कारण मानसिक स्वास्थ्य प्रभावित हुन्छ।

बढ्दो उमेर

स्मरणशक्ति कमजोर हुनेबारे सबैलाई थाहा भएको कारण हो, बढ्दो उमेर। मानिसको उमेर बढ्दै जाँदा पनि स्मरणशक्तिमा ह्रास आउने गर्छ। तर, यो जरुरी छैन कि उमेर बढ्यो भन्दैमा स्मरणशक्ति कमजोर भइहालोस्।

यति मात्र हो, उमेर बढ्दै जाँदा मस्तिष्क कोषिका निर्माणको प्रोसेस प्रभावित हुन्छ। मस्तिष्क कोषिकाले नै स्मरणशक्ति बढाउने हो।

औषधिको बढी प्रयोग

अल्जाइमरजस्ता रोगले पनि स्मरणशक्तिमा हानि पु-याउने काम गर्छ। यस्ता रोगले मस्तिष्कको कोषिकालाई नोक्सान पु-याउने काम गर्छन्।

त्यस्तै, थाइराइडको हर्मोनले पनि स्मरणशक्तिमा असर पारेको हुन्छ। यसका साथै निकै बढी ओभर द काउन्टरजस्ता औषधिको सेवनले स्मरणशक्तिमा थप असर पार्छ।

ड्रग्स सेवन

ड्रग्सको अत्यधिक सेवन पनि तपाईंको स्मरणशक्ति कमजोर बन्ने कारण हुन सक्छ। ड्रग्सले मस्तिष्कको कैयौँ भागमा सीधा प्रभाव पार्ने गर्छ।

तम्बाखु, चुरोटजस्ता पदार्थको सेवन स्मरणशक्ति कमजोर हुने अर्को कारण हो। यस्ता पदार्थको सेवनले मस्तिष्कको कोषिकामा कम अक्सिजन पुग्छ। परिणाम स्मरणशक्ति कमजोर बन्दै जान्छ।

निद्राको कमी

थुप्रै अध्ययनले देखाएको छ कि निद्राको कमीले मानिसको स्मरणशक्ति कमजोर बन्छ । कम निद्राले मस्तिष्कको याद गर्ने क्षमतालाई प्रभावित पार्ने गर्छ।

जब हामी सुत्छौँ, त्यतिवेला दिभरका क्षण दिमागमा सजिलै स्टोर हुन्छ। यदि कुनै व्यक्तिलाई पर्याप्त निद्रा पर्दैन भने यसको असर स्मरणमा पर्न जान्छ।

तनाव

तनाव र दुःखीपनाले पनि स्मरणशक्ति कमजोर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ। तनावले मस्तिष्कको स्टोरेज प्रक्रियामा समेत असर पु-याउने गर्छ।

गहिरो चोट

टाउकोमा गहिरो चोटका कारण मानिसको अकस्मात् स्मरण कमजोर हुन सक्छ। कतिपय दर्दनाक दुर्घटनापछि मानिस ठीक हुँदासमेत पहिलेका घटना राम्रोसँग स्मरण गर्न अक्षम हुन्छन्।

मेमोरीको थेरापी गरेपछि मात्र यस्तो समस्या समाधान भएको थुप्रै उदाहरण छन्।

More News last news
Loading...